रुकुम काण्डमा रेखा थापाको कडा आक्रोश, सुष्माको सपोर्ट गर्दै नवराजलाई किन यस्तो भनिन ?

इनेप्लिज २०७७ जेठ २२ गते २१:११ मा प्रकाशित

 

अभिनेत्री रेखा थापाले पनि रुकुम घटनाका दोषीमाथि कारबाही र पीडितलाई अबिलम्ब न्यायको माग गरेकी छन् । तर, उनले यस घटनामा जोडिएको किशोरी (सुष्मा मल्ल ठकुरी) को सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने खालका र नारी अस्मिताको धज्जी उडाउने काम भएकोमा दुःख व्यक्त गरेकी छन् । यस प्रकारको क्रियाकलापले उत्पीडित वर्गमाथि प्रहार भएको उनको भनाई छ ।

उनी फेसबुकमा लेख्छिन्, ‘समाजविरुद्ध अन्तर्जातिय प्रेम गर्ने साहास भएकी बालिकाको चरित्र हत्या गरेर न्याय हुन्छ त ? दोषीलाई कानुनी कारबाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ति बजारमा लिलाम गर्नुपर्ने ? नेपालमा केटी मान्छेको बेइजत गरेर मात्र न्याय पाउने हो र ? छानबिनको क्रममा रहेकी किशोरीको बारेमा अनर्गल कुरा लेख्ने छुट छ ?’

प्रतिक्रिया