काठमाडौं,
जेठ १८ ।
विनय कार्कीको स्वरमा रहेको गीत ‘तिम्रो मेरो मेरो माया’ सार्वजनिक भएको छ । सविन लामाको शब्द, विनयकै कम्पोज तथा एरेञ्ज, अशोक महर्जनको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गौरभ गिरीको निर्देशन रहेको गीतको भिडियोमा उमेश सोनाम, अस्मि श्रेष्ठ, सन्दिप शाहलाई फिचरिङ गरिएको छ । दीपक गिरीको छायाँकन रहेको गीतको भिडियोलाई आरोही इन्टरटेनमेन्टले सम्पादन गरेको हो ।
विनयले भ्याइस अफ नेपालमा आफ्नो उत्कृष्ट प्रस्तुति मार्फत सबैको मन जित्न सफल भएका थिए । गीतको भिडियोलाई एमएमएस इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको छ ।
https://www.youtube.com/watch?time_continue=17&v=CbjNpJv-NPA&feature=emb_logo
प्रतिक्रिया