खोए के कविता लेखौ

प्रा.डा. मेदिनीप्रसाद भण्डारी २०७७ जेठ १७ गते १३:१८ मा प्रकाशित

कहरले मनका सबै रहरहरुमा तुसारापात भएको बेला
मेलापातका आफ्ना दौतारिहरु लगातार सहादत प्राप्त भैरहेको बेला
हिजोसम्म सपनाबुन्दा एउटा एउटा परत थपिदिने सहयोगीहरुलाई
कोरोनाले काल्ग्रास बनाई रहेको बेला खोए के को कविता लेखौ

हाम्रो बाटामा पर्ने अप्ठ्यारा हरुलाई
दिनरात नभनी सम्याउने हातहरुलाई
भर्खर बिदा गरियो
हाम्रा ज्ञान बिज्ञानमा परेका गाँठाहरु खोल्ने मस्तिस्कहरुलाई पनि भर्खर बिदा गरियो
लाखौ स्वजनाहरु यसैगरी गैयीसके
अनि लाखौ स्वजन हरु पालो कुरिरहेका छौ
कहरले समाती सकेको छ
हामी धेरैले भोलिको बिहान देख्छौ कि देख्दैनौ
खोए कुन उमंगको कविता लेखौ
कुन बिसय को कविता लेखौ

कत्ति धेरै म हरु देशदेसंतारमा छरियका थियेउ
जताभयेपनी कम्कारी र दमभरी म़ा कहलिएका थियेउ
तर अहिले हामी एकादेशका नचिनिने नागरिक झैँ एका देशको कुनामा थन्किएका छौ
न हामीलाई एकादेशले चिन्छन् न आफ्ना भनौदा ले चिन्छन्
सबै म हरु बिरानोभयेर मनै मन जलेको छ तनै जलेको र गलेको छ
सबै म र म मानै दुरी बढेर महरु खुम्चिसकेकोबेला कुन मैत्रीको कविता लेखौ
कुन रोदनको कविता लेखौ

न आदिको पत्ता छ न अन्त्यकोनै पत्ता छ
आकाश खसेको जस्तो सारा ब्रम्हाण्ड तर्सिएको छ
एक्कासी चौर्दिसा बाट कल को कहर को वर्षा भएझै
यो कहरले मस्तिस्क नै अठ्याएको छ
धमनिमानै आफ्ना नंग्रा हरु गाडेर स्वभक्क्ष्य बनाउने यो कहरले
जताततै त्रास मच्चायेकोबेला कुन साहस को जोहो गरि कविता लेखौ
कुन क्रन्दन को कविता लेखौ

कोलाहल छ मनमा अनि आतेश छ भवानामापनी
बिचेत छ मस्तिस्क र छातीमापनी
अत्तिनै दुखेको छ यो मन
यता तता यत्र सर्बर्त्र कालकोरोना को कहर छ र हतोउसाह प्रहर छ
लुते लाम्रे लै पनि खाकै छ
बलिया बांगा तिर पनि धाकै छ
को बुढो को तन्देरी को धनि को गरिब
मृत्यु को डर कसलाई हुदैन र
हामी सबैलाई तर्सायेकै छ
अनि यो अदृस्य कालले ग्रास बनाउने को इतिवृतान्त कहिले पत्तो लाग्ला
एसको गुड सिर र पुछार लाई घेरी कसले आगो लाउला र धपौला
यहि ध्याउन्नले सताएर त्रासले खंग्रंग भएको
अत्तासिएको बत्तासिएको मन नै कोरोनाले बिचलित भएको बेला
खोए भ्रान्त आक्रान्त बिरक्त बाहेक अरु भावना नै सम्बाहित भै रहेको बेला
कुन क्रन्दन को कविता लेखौ
कुन रोदनको कविता लेखौ //-//

-प्रा.डा. मेदिनीप्रसाद भण्डारी

प्रतिक्रिया