आन्दोलनको लागि शिक्षक तयार रहनुपर्ने : वरिष्ठ उपाध्यक्ष राई

संजय मित्र २०७७ जेठ १७ गते १३:०१ मा प्रकाशित

नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष ज्ञानेश्वर राईले सरकारले गत जेठ १५ मा संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिएको बजेटले शिक्षक समुदायलाई निराश बनाएको भन्दै आन्दोलनको लागि तयार रहनुपर्ने बताएका छन्।

नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटले सञ्चालन गरेको २९ आँै दिनको शिक्ष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै राईले सामुदायिक विद्यालयलाई निजी विद्यालयको जिम्मा लगाउन खोजिएकोमा पूँजीवाद उन्मुख शिक्षा हुँदै गएको भन्दै विरोध जनाएका छन्।

वरिष्ठ उपाध्यक्ष राईले विद्यालय कर्मचारी तथा बालविकास सहयोगी कार्यर्ताको तलब नबढाएको र विद्यालयमा कार्यरत राहत शिक्षक लगायतको समस्यामा कुनै कुरा नआएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

सरकारको शिक्षा नीति अठारौँ शताब्दीको, पाठ्यक्रम उन्नाइसौँ शताब्दीको, शिक्षक बीसौँ शताब्दीको र विद्यार्थी एक्काइसौँ शताब्दीको रहेको भएको अवस्थामा शिक्षकलाई शिक्षा ऐन जारी नगुर्नले सरकारको नियत स्पष्ट भएको आरोप पनि राईले लगाएका छन्।

संगठनका जिल्ला अध्यक्ष धर्मेन्द्रप्रसाद सिंहको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय सेरोफेरोमा सडक सुरक्षा विषयमा डा. पुष्पराज पन्तले अत्यन्त जानकारीमूलक प्रशिक्षण दिएका छन् ।

प्रतिक्रिया