बृद्धबृद्धा र अपागता भएकाहरुलाई लायन्स क्लब लर्डबुद्धको सहयोग

विश्व राज थापा २०७७ जेठ १७ गते ४:२१ मा प्रकाशित

 काठमाडौ । समाजसेबाको क्षेत्रमा अग्रभागमा रहेको लायन्सक्लब अफ लर्डबुद्धले ललितपुरको धापाखेल स्थित मानबसेवा आश्रममा रहेका बृद्धाबृद्धा, दाजुभाई , दिदीबहिनीको सहयोगार्थ खाधान्न प्रदान गरेको छ ।

परिबारबाट बाहिरिएका , परिबारले हेला गरेका , परिबारमा पनि कोही पनि नभई सडकमा अलपत्र परेका बृद्ध बुद्धा देखि अपांगता भएकाहरुलाई आश्रममा ल्याएर सेवा गर्ने गरिएको छ ।

बिभिन्न दाताहरुको सहयोगबाट नै मानब सेवा आश्रम चल्ने गरेको छ । सोही क्रममा न्यूजल्याण्ड निबासी हाल केही समयका लागि नेपाल आउनुभएका बुद्धिप्रसाद भण्डारीको आर्थिक सहयोगमा लायन्स क्लबले चामल , दाल , चिनी , नुन , चाउचाउ, तेल लगायतका खाधान्न सामग्री प्रदान गरेको छ ।

भण्डारीकी माता उमाकला भण्डारीको पुण्यतिथिका सन्दर्भमा खाधान्न सहयोग कार्यक्रममा बरिष्ठ पत्रकार एवं क्लबका सल्लाहकार टंक पन्त , लायन्स क्लब अफ लर्डबुद्धका सस्थापक अध्यक्ष बिष्णुप्रसाद भण्डारी , डिष्ट्रिक चेयरपसंन यमुना भण्डारी , लियो क्लबककी पुर्ब अध्यक्ष सबिना भण्डारी , क्लबका अध्यक्ष लक्ष्मी कट्टेल र क्लबकै प्रकाशराज कण्डेलले सेवा नै धर्म हो भन्ने उद्धेश्यले सहयोगी भावनाको बिकास गरिएको बताउनुभएको छ ।

सो अबसरमा मानब सेवा आश्रम ललितपुरकी सयोजक रश्मी आचार्य र आश्रमका केन्द्रिय उपाध्यक्ष धर्म पौडेलले धन्यबाद सहित आश्रमले गर्ने गरेको मानब सेवाको बारेमा प्रकाश पार्नुभएको थियो ।

क्लबले बिभिन्न जिल्लामा स्वास्थ्य शिबिर संचालन , रक्तदान र असहायका लागि निरन्तर सहयोग गर्ने गरेको छ ।

विश्व राज थापा

विश्व राज थापा इनेप्लिजका प्रधान सम्पादक/संस्थापक हुन्।

प्रतिक्रिया