कोरोनाले देशै रोयो…भन्दै सरिता भारती

इनेप्लिज २०७७ जेठ १६ गते १०:५३ मा प्रकाशित

 

काठमाडौ, १६ जेठ,

सञ्चारकर्म सँगै गायनमा ब्यस्त रहेकी गायिका सरिता भारतीको नयाँ गीत देशै रोयो कोरोनाको भिडियो बजारमा आएको छ।यो गीतमा चेतन गोतामे र गायिका सरिता भारतीलेसहकार्य गरेका छन्।गायक गोतामे गतवर्ष सम्पन्न गायन सम्बन्धि रियालिटी सो नेपाल लोकस्टारका रनरअप हुन् भने गायिका सरिता ब्युटी न्युज नेपालकी समाचार सँयोजक हुन्।

यो गीत निकै कर्णप्रिय बनेको छ । गायिका सरिता, गायक चेतनसँगै यो गीतमा महेश बिक्रम पाण्डे र पुजा गुरुङको पनि स्वर रहेको छ । गीतलाई सागर प्रधानले लेखेका हुन् । यो गीतमा संगीत पनि सागर प्रधानकै छ । संगीत कर्णप्रिय छ।

युट्युवबाट यो गीतको भिडियो रिलिज गरिएको हो।यो गीतको भिडियोमा गायक चेतन र गायिका सरिताले मुख्य अभिनय गरेका छन्।यी गायक गायिकासँगै अन्य २० जना भन्दाबढी कलाकारलाई यो गीतको भिडियोमा समेटिएको छ।

लकडाउनकै बेला यो गीत रेकर्ड गरिएको पनि गायिक सरिताले बताएकी छिन् । उनका अनुसार यो गीतको भिडियो पनि दुई दिन तयार गरेर रिलिज गरिएको हो । बिक्रम चौहानले निर्देशन गरेको यो भिडियोलाई राजकुमारले सम्पादन गरेका हुन्।

गीतबारे गायिका सरिताले भनिन्,‘यतीबेला

सारा विश्व कोरोना भाईरस (कोभिड १९) को महमारीमा रहेको बेला गीतकार सागरले समसामयिक शब्द संगीत तयार पारेपछि यो गीत बजारमा ल्याइएको हो । अहिले मुलुकमा कोरोना र त्यसले निम्त्याएका समस्यासँगै नेपालको सिमा भारतले मिचेको पीडालाई यो सन्देशमुलक रुपमा यो गीतमा समेटिएको छ ।’ यसअघि आधुनिक, लोक, पप गीत बजारमा ल्याईसकेकी गायिका सरिता भारतीले राष्ट्रिय भावको गीत भने पहिलो पटक गाएको बताईन् । मुलुकमा लकडाउन हटेपछि अब शम्भुजीत बासकोटाको संगीत रहेका आफ्नो एकल गीत ए राजा झट्टै बजाईदेउ बाजा…’ को भिडियो रिलिज गर्ने सरिताले बताईन् । उनको यो गीत पनि रेकर्ड भईसकेको छ ।

प्रतिक्रिया