प्रेम, गुलाब र बन्दुक

सुसन परियार बिसर्जन सचिब NRNA पोल्यान्ड २०७७ जेठ १३ गते १:५९ मा प्रकाशित

प्रेम, गुलाब र बन्दुक

अँध्यारो हट्यो होला,
असमानता सकियो होला
बिबेकी भयो मानव जगत
विभेद हट्यो होला
लाग्थ्यो
प्रेम नै प्रेम छ जगत भर

प्रेम को बर्खिलाप कोहि जाने छैन
नसोधेर हुन्छ न जानेर हुन्छ यो प्रेम
लाग्थ्यो
प्रेम सुरक्षीत छ
प्रेम मा जिबन छ
प्रेम मा जगत छ
र यहि सोचले पुगेका थियौ मन कि रानी लाई लिन
बिहे मा कुनै भेद छैन
अर्थात विभेद ।

धेरै पटक सुनेको थिय
प्रेन को
न जात हुन्छ
न धर्म हुन्छ
न लिङ्ग हुन्छ
न बर्ण हुन्छ
त्यसैले म यो प्रेमिल जगत मा
प्रेम को स्वर्णिम नब राज तयार गर्दै
प्रेम को नया समाबेसी र अन्तर्जातिय नब राज्य बनाउन
केही म जस्तै मन का नबराजहरु
दुखमा रुन सक्ने,
पिडामा दुखिदिन सक्ने
खुसी मा हासीदिन सक्ने
प्रेमिल मनहरु संग
हातमा गुलाब बोकेर
विश्व ले मान्दै आयको
चल्दै आयको विश्व को कर्म गर्न आतुर रहे !

धेरै पटक यो पनि सुनेको हु
बुद्द जन्मने कोख बाट हिटलर र मुसोलिनि जन्मन्छन
महामानब जनमने कोख बाट जल्लाद जन्मन्छ।
यो सुन्दै गर्दा सधै बिरोध गर्थे
विभेद नगरौ
बिरोध का लागि बिरोध नगरौ
तर आज
प्रस्ट छु
छर्लङ्ग छु
यो प्रेमिल भनिएको ब्रह्माण्ड को प्रेम र समाज बारे

जस्ले प्रेम को रङ्ग देखाइदियो
प्रेम को जात देखाइदियो
प्रेम को धर्म र वर्ण वनायर देखाइदियो
अब म संखघोस गर्छु
यो राज्य सङ्ग
यो समाज सङ्ग
र तमाम प्रेम का लागि सहिद हुन चाहाने सङ्ग

भन य सरकार मेरो परिचय,
दे ए सरकार मेरो राज्य को अनुभूति
वनाइदे मेरो छुट्टै राज्य
वनाइदे मेरो सार्बभौम कानुन
बिन्ती म दलित हैन मानव भयर बाच्न चाहन्छु
जहाँ म निर्धक्क निर्बाध प्रेम फर्न सकु

भन ए समाज
प्रेम का नाम अझै कति काटिनु पर्छ?
अझै कति वलि चढ्न वाकी छ?
के ती प्रेम को नबराज सिर्जना गर्दा
सहिद भएका नबराज
जस्को रगत कालो , निलो वा पहेलो थियो?
के उनको प्रेम गर्ने दिल नभयर ढुङा थियो?
बताइदे ए समाज
मेरो प्रेम को रङ्ग ,
मेरो रगत को रङ्ग
मेरो माया गर्ने मुटुको अवस्था
म, म जस्तै रङ्ग भएको रगत खोज्ने छु प्रेम का लागि
मेरो जस्तै मुट भएको मुटु खोज्ने छु प्रेम का लागि
जहाँ म पनि तिमिहरु जस्तै गरि बाच्न सकु
यहि समाज मा मानव भयर ।

आखिर कहिले सम्म रहन्छ?
तिम्रो आँखा देखेर पनि अन्धो व्यबहार
बुझेर पनि यो बौलठ्ठी पन
र कहिले सम्म हामिले अब उठ्नु पर्ने हो
प्रेम गर्नका लागि?
एक हातमा प्रेमिल गुलाव लियर?
अर्को हातमा वन्दुक लियर??????

सुसन परियार बिसर्जन
सचिब
NRNA पोल्यान्ड

प्रतिक्रिया