आजको सन्दर्भमा मेरो देश मेरो प्रित मेरी प्रिया

प्रा.डा. मेदनी प्रसाद भण्डारी २०७७ जेठ १२ गते ०:४६ मा प्रकाशित

मेरी प्रिया कस्ती चन्द्रमानै जस्ती
आखाभित्र चलमलाउने सानी नानी जस्ती
छुनु मुनु चुलुबुलु चखेबिको चालमा
मुटुभित्र लुकी बस्छिन हृदयको पानामा
ओठमा छ लाली तिनको सयपत्री जस्तो
छातीभित्र चल्मालौछिन् तिनको बानि कस्तो
बोलितिन्को संगीतमय छहराको धुनले
आफ्नो भानै हरौदो छ मायालुको गुनले
सिरमा छ सेतो मुकुट कम्मरमा निलो
हृदयको व्यापकतामा रेखा बगछन उधो
ताल खिप्छ सम्मजमिन उर्बरक गर्भ
माया तिनको सोच्दामात्र मन हुन्छ हर्स
सन्तानको हाँसो देख्दा मुसुमुसु हासेर
उमंगको भाव पोख्छिन मुटुभित्र गासेर
रसधारा अमृतका छछल्केर बगछन
सन्तानका दुखः देख्दा अश्रु खस्छन
जब छुन्छ हृदयमन यन्त्र उन्मै रस्छिन
उनि टाडा हुदापनि मनभित्रै बस्छिन
तुलनामा तुलिदैन उनको मेरो प्रित
जिबन उनकै उनै जिबन ठुलो रैछ प्रित
मेरी प्रिया सारा रंग सारा बर्कत जस्ती
अन्धकारमा प्रकासले चुम्बन गरे जस्ती
उनि जस्तो कतै छैन उननै मेरी स्वर्ग
उनको लागि जिउन सके त्यहि उनको हर्स
उनको लागि मर्नैपरे त्योनै नेरो गर्भ
माया तिनको सोच्दामात्र मन हुन्छ हर्स //-//

प्रतिक्रिया