राससको कामबाट सन्तुष्ट भई रु.१० लाख दिने घोषणा

मनोज दाहाल २०७७ जेठ ९ गते १०:०३ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, ९ जेठ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले राष्ट्रिय समाचार समिति प्रदेश नं.१ कार्यालय विराटनगरको जीर्ण भवनको मर्मत सम्भार र रङ्गरोगन भएपछि सन्तुष्टि व्यक्त गर्नुभएको छ।

वि.स.२०३४ मा निर्माण भएको सो भवनको हाल सम्म मर्मत सम्भार र रङ्गरोगन नभएपछि भवन जीर्ण भएको थियो भने भवनको अवस्थालाई हेरर चालु आर्थिक वर्षमा विराटनगर महानगरपालिकाले रु.१० लाख बजेट विनियोजन गरेपछि अहिले भवनको मर्मत सम्भार र रङ्गरोगन भएको देखेर प्रमुख पराजुलीले प्रशंसा गर्नुभएको छ।

विगतमा पूर्वाञ्चल क्षेत्रीय कार्यालयको रुपमा परिचित सो कार्यालयबाट रासस बुलेटिन प्रकाशित भइरहेको थियो भने सो बुलेटिन वि.स.२०५७ मा प्रकाशन हुन बन्द भइ समाचार सङ्कलन र सम्प्रेषणको काम मात्र भइरहेको यो कार्यालय अहिले प्रदेश कार्यालयको रुपमा रहेको छ।

प्रमुख पराजुलीले आज कार्यालयको निरीक्षण गर्दै भवनको निर्माणमा बाँकी रहेका काम सम्पन्न गर्न अगामी बजेटमा थप रु.१० लाख दिने घोषणा गर्नुभयो । प्रमुख पराजुलीले आजै कार्यालय परिसर भित्र दुई वटा अम्रपाली आँप र एक वटा अनारको बिरुवा रोप्नु भयो । सो अवसरमा रासस प्रदेश कार्यालय प्रमुख मोहम्मद सदरुलले कार्यालयको गतिविधि तथा निर्माणका बारेमा जानकारी गराउनुभएको थियो । फोटो पनि छ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया