कतै नलेखिएका अमेरिका भित्र लुकेका नेपालीका कथा

शशी के.सी २०७७ जेठ ५ गते १४:५३ मा प्रकाशित

आज लकडाउन भनेर घर बसेको पनि ६१ दिन भयो।तर खै कोरोना भाइरसको कहर अझै जारी नै छ र यसको अन्त्य कहिलेहुने र कसरी हुन्छ कुनै ठोस आधार छैन्। समाचार हेर्र्यो भने अत्यास लाग्दो अवस्था छ, हेर्दिन भन्दा पनि दिनको एकपटकत के कस्तो छ त आफ्नो शहरको हालत बुझ्नै पर्र्यो भनेर हेर्र्छु।संक्रमितको संख्या घटबड जस्तै डरको मात्रा पनि घटीबडीहुने क्रम जारी छ। मन भुलाउन सबैले जस्तै कहिले फेसबुक, युट्युब, मेसेन्जरमा भिडियो कल, तेतीले नपुगे फोनमा आफन्तसाथीहरूसॅंग कुरा गर्र्यो, दिन कटायो। घर बस्दाबस्दा दिक्क लागेमा ,नाक मुख मास्कले छोपेर, चस्मा अनि गोजीमा स्यानिटाइजर बोकेर अरू त कहाॅं जान पाउनु र आफ्नै टोल एकदुई चक्कर डुल्न गयो। फुलफुलेका छन् सबैको घरअगाडी, तेस्तै बाटोमा मानिस हिॅंडेको देखिन्छन् कहिलेकाहीॅं, तर डर कस्तो ! उ पनि नजिक पुग्नेबेलामा तर्किएर परपुग्छ,आफुपनि तेस्तै।

यसो सोच्छु कोरोना भाइरसको प्रकोप भरखर चीनमा मात्र देखिॅंदाको अवस्था चाहीं हाम्रो नेपालमा २०५५-२०५७ सालतिरभरखर माओवादीले शुरू गरेको लडाईॅं जस्तै थियो। एक, दुईलाई हत्या, घाइते बनाउॅंदा, त्यो फटाहा जमिन्दार, भ्रष्ट आदिथियो, ठिकै गरेसम्म भन्थे। जब आफु र आफ्नालाई पनि हमला गर्न थाले अनि सबैको होस खुल्यो, हो त्यस्तै अवस्था छसंसारमा अहिले : अमेरिका, बेलायत, रूस, इटली, स्पेन, नेपाल सारा संसार लागेका छन् कोरोना भाइरससॅंग लड्न, तरसंक्रमित हुने, मर्ने र निको हुने बढेका बढ्यै छन्।

अमेरिकामा शुरूमा एक्कासी न्युयोर्कको अवस्था भयावह थियो, अहिले त सबैतिर डर छ। न्युयोर्कमा कोरोना भाइरसफैलिन शुरू भएसॅंगै, तेहाॅं बिभिन्न पेशा गरेर बसिरहेका नेपालीहरूलाई पनि यसले छोडेन, धमाधम धेरैलाई लाग्न थाल्यो।तर केहीले घरमा नै बसेर जित्नु भयो, केहीले हस्पिटल केही दिन बसेर र केहीले चाहीॅं कोरोनासॅंग हारेर मृत्युवरण गर्नु भयो।मृत्यु सॅंधै पिडा दायक नै हुन्छ चाहे जो सुकैको होस्, झन् आफ्नाको हुॅंदा बढी पिडा, बिदेशको बसाई,अरूबेला जे-जस्तोमत भिन्नता भएपनि कोही नेपालीलाई पिडा पर्दा पुरै समाज दु:खी भइन्छ नै।

झण्डै एक महिना अगाडी ३-४ जना नेपालीको न्युयोर्कमा कोरोना भाइरसकै कारणले मृत्यु भयो। त्यस मध्ये एकजनापश्चिम नेपालबाट सन् २००१ मा अमेरिका आएर न्युयोर्कमा बसिरहनु भएको नेपाली हुनुहुन्थ्यो, जो अमेरिका छोडेर १९बर्षपछि,अब छिट्टै नै नेपाल जाने सोच्दै हुनुहुॅंदो रहेछ परिवारसॅंग बस्न सॅंधैको लागि। तर उॅंहाको इच्छा अधुरै रहयो। उॅंहा तएक प्रतिनिधि पात्र मात्र हो जसको कोरोना भाइरसको कारणले मृत्यु हुन गएकोले चाहेर वा नचाहाॅंदा नचाहॅंदै खबर बन्नपुग्यो र सबैले थाहा पाए। उॅंहा जस्ता सयौं नेपालीहरू छन् अमेरिकाभरि जो भएर पनि नभए जस्ता, आफ्नै संसारमारूमल्लिरहेका र कानुनीरूपमा बर्षौंदेखि अमेरिकन बन्ने चाहानामा अल्झिरहेका/बाॅंचिरहेका।

सोच्दा,अमेरिका आएका नेपाली र गाॅंउबाट काठमाडौं छिरेका नेपाली उस्तै हुन जस्तो लाग्छ। पढ्न, जागिर, व्यवसाय, खेलाडी,कलाकार बन्न,बिभिन्न कारणले गाॅंउबाट काठमाडौं पसेको मानिस संघर्ष गर्दाको दिन काठमाडौं रकाठमाडौंबासीलाई कति गाली गर्छ, सराप्छ, अझ आफन्त तेतै छन् भने सॅंधै मद्दत गर्न नसकेको बेला, पख न मेरा दिनपनिआउलान भनेर मनमनै इख पनि राख्छ तर काठमाडौं छोड्दैन। भित्री इच्छा जसरी होस् एउटा जागीर र सानो नै घर भए पनिकाठमाडौंमा बनाएर जरो गाढेर बसौं भन्ने चाहाना हुन्छ।कोही सफल हुन्छन्, कोही संघर्ष गरिरहन्छन्।

त्यस्तै बिभिन्न कारण, पढ्न, घुम्न, अफिसको ट्रेनिंग/ मिटिंग, खेल खेल्न, कला प्रदर्शन, नाटक, सेमिनारमा भाग लिनअमेरिका आएको नेपाली केहीदिन बस्दै जाॅंदा नेपाल नफर्किने दाउ खोज्न थाल्छ। समस्या त झन् नेपालमा भएकापरिवारले ‘मिल्छ भने बस्न कोशिश गर्नु न त’ सम्म भनिदिन्छन्, तेस्तै अमेरिकामा रहेका साथी,आफन्तहरूले पनि ‘केफर्कन्छस् नेपाल बल्लबल्ल अमेरिका आउने भिषा पाएको बेला ’ बरू बिभिन्न तरिकाले बस्न सकिने उपाय देखाई दिन्छन्अनि शुरू हुन्छ अमेरिका र अमेरिकन बन्ने चक्कर।

उपाय केमात्र छैन र अमेरिकन बन्ने : राजनीतिक शरणार्थी, धार्मिक शरणार्थी, पारिवारिक कलहको कारणले ज्यानकोसुरक्षा पाॅंउ अमेरिकामा भन्दै शरण मागेपनि भयो। धार्मिक ( मन्दिर, बौद्ध बिहार, मस्जिद, चर्च, गुरूद्वार) गुरूको माध्यमलेअमेरिकन बन्न मिल्छ।बिदेशी खाना पकाउन जान्ने “सिपालु कुक” भएपनि भो, कलाकार,खेलाडी आदीले “अत्यन्तप्रतिभावान” छु भनेर प्रमाणीत गर्न सकेमा पनि अमेरिकन बन्न मिल्ने, पढेर राम्रो कम्पनिमा जागिर खाॅंदै, तेही कम्पनिबाट“ग्रीनकार्ड” लिन मिल्ने। तेस्तै अमेरिकन नागरिकसॅग बिबाह गरेर पनि कानुनीरूपमा अमेरिकन बन्न मिल्ने।

यसरी अमेरिका बस्न र अमेरिकन बन्न संघर्ष गरेका कैयौं पात्र मध्ये तिनवटा पात्रको बारेमा केही उल्लेख गर्छु।

पात्र नं १

उ यस्तै सन् १९९०-१९९५ तिर अमेरिका पढ्नको लागि आएको रहेछ। काठमाडौंको हुनेखाने परिवारको एक्लो छोरो, एस.एल.सी भर्खर सकेर आएको, उमेर १७-१८ बर्ष। आएको पहिलो बर्ष त जेनतेन पढेछ। भरखरको उमेर, घरबाट टाढा, गाली/ माया गर्ने परिवारका कोही साथमा नभएको अवस्था, केटो त दोस्रो बर्षदेखि बिग्रेछ, पढ्न छोडेछ, नेपालमा पनिपरिवारसंग कुराकानी गर्न बन्द गरेछ। त्योबेला नेपाली तेती धेरैपनि थिएनन् अमेरिकामा, धेरै खोजबिन गर्दा पत्ता लागेछ, केटो त नि:सन्तान गोरे बुढाबुढीको ‘धर्मपुत्र’ भएर कानुनीरूपमा अमेरिका बसेको रहेछ।

पात्र नं २

एकजना नेपाली सपरिवार सन् २००१ तिर अमेरिकी सरकारले दिएको छात्रवृत्तिमा पढ अमेरिका आउनु भएको थियो। उॅंहाअहिले त सपरिवार अमेरिका छोडेर अर्कै देशको नागरिक भएर राम्रोसॅंग बसिरहनु भएको छ। धेरैपछि २ बर्ष अगाडी भेटहुॅंदा “ मेरो त अमेरिका बसुन्जेल पेशा नै पढ्ने थियो” भन्नु भयो । एकछिन त नबुझेर अलमल्ल परें। खासमा भएको के भनेअमेरिकन सरकारको छात्रवृत्तिमा पढन आएकाहरू अनिवार्यरूपमा जुन देशबाट आएको हो त्यो देश पढाई सकेपछि दुईबर्षको लागि फर्केर जानै पर्छ। अनिमात्र अरूले जस्तो अमेरिकामा जागिर खान र ग्रीनकार्ड लिन पाईॅंन्छ।तर कुनै“अमेरिकन कामदारको कानुन नलाग्ने” वा भनौं अन्तराष्ट्रिय संस्थाले दिने “कामदार भिषाको” आधारमा काम गर्नपाएमा चाहीं कानुनीरूपमा अमेरिका बस्न पाइन्छ। साथै फेरी बिद्धार्थी भएर पनि केही बर्षसम्म बस्न मिल्छ।

उहाॅंको केसमा के भयो भने, पहिले आफुले ५-६ बर्ष लगाएर पि.एच.डी सक्नु भयो, तेसबेला श्रीमतीले काम गर्नु भयो।पढाई सकेर उॅंहा आफु काम गर्न थाल्नु भयो, ४ बर्ष श्रीमतीले पढ्नु भयो।(श्रीमती पनि पढेलेखेको नै हुनुहुन्थ्यो, उॅंहालाईपनि पढ्ने मौका पाउॅंदा, नपढ भन्न त मिलेन) अब कानुनीरूपमा अमेरिका बसिरहन उपाय भनेको तेही त हो फेरी बिद्धार्थीबन्नु वा अन्तराष्ट्रिय संस्थामा जागिर गर्नु। उहाॅंले अर्को बिषयमा मास्टर्स गर्नु भएछ। पढाई सकेर नेपाल फर्कनेभन्दाबच्चाहरूको हाईस्कुलको पढाई बिग्रने भयो, फेरी अर्को बिषयमा मास्टर्स। यसरी एक बिषयमा पि.एच.डी र दुई बिषयमामास्टर्स गरि सकेपछि,भएन त “पेशा नै पढ्नु”!

पात्र नं ३

कुरा यस्तै सन् २००३ तिरको हो, मेरील्याण्डमा हुॅंदाको, एकपटक नेपाली बिद्धार्थीहरूको जमघट भएको ठाॅंउमा एकजनाआन्टी, एउटा नेपाली भाइसॅंग आउनु भयो। पहिले त उसको मम्मी नै होला सोचेको, होइन रहेछ, नेपालमा पुर्व एउटै जिल्लारहेछ घर, चिनजानको छिमेकी आन्टी हुनुहुॅंदो रहेछ। कुरा गर्दै जाॅंदा अमेरिका आएको ३-४ बर्ष भएको रहेछ, एकजनाभारतिय वकिलको घरमा ‘लिभिंग न्यानी’ वा उसको बच्चा हेरेर, उनीहरूसॅंग बस्नु हुॅंदो रहेछ। शनिवार, आइतबार छुट्टीमाकहिलेकाहीं कहाॅं जाॅंउ भएर भाइकोमा आउने गर्नु हुॅंदो रहेछ।”नातेदार त छन् वरीपरी पहिले पहिले जान्थें पनि तर आफुबल्लतल्ल फुर्सद निकालेर, थकाई मार्न भनेर गयो, नातेदारहरू त उल्टै उनीहरूको केटाकेटी हेरिदिनुल भनेर सपिंग जाने, आ होस् दु:खै गर्न त किन जानु” भनेर जान छोडें भन्नु भयो, माया लाग्यो कुरा सुन्दापनि।

बिस्तारै, सानो स्वरमा बोल्ने, भलाद्मी महिला, खै के, कति कारणले यसरी दु:ख गर्दै हुनुहुन्थ्यो थाहा भएन तर भन्नु हुन्थ्योवकिलले “ग्रीनकाड’ बनाई दिॅंदैछ, बनेपछि एकपटक नेपाल जान्छु, आफु अमेरिका आएपछि नेपालमा एक्ली छोरीकोबिबाह भयो, जान पाइन, अहिले त नाती पनि भई सक्यो ५-७ महिनाको नै भनेर व्यागबाट बच्चाको फोटो निकालेर देखाउनुभयो। कस्तो मनै कट्टक भयो, आमाको माया, अनि बिदेशिएकाको बाध्यता। अहिले १७ बर्षपछि सोच्दा उॅंहाको इच्छा पुराभए नै होलान्।

अन्त्यमा जसरी नेपाली बिभिन्न कारणले गाॅंउबाट काठमाडौं आउॅंछन्, त्यसरी नै नेपाली अमेरिका आउने क्रम त रोकिनेवालाछैन। तर अहिले कोरोना भाइरसको कारणले लकडाउन भएर सबै व्यापार व्यवसाय बन्द हुॅंदा तहसनहस भएको बिश्व रअमेरिकाको अर्थतन्त्र पुरानै अवस्थामा पुग्न लगभग ३-४ बर्ष पक्कै लाग्छ। अबको समय भनेको आफुलाई जे गर्दा राम्रोहुन्छ, सोचेर बिचार गरेर गर्ने समय हो।

काठमाडौंको महंगी उस्तै हो, पहिले जस्तै गाॅंउको बारी बाॅंझै राखेर काठमाडौंमा दुई कोठामा,सबै कुरा किनेर गुजारा गरेरबस्नेकी, आफ्नै गाॅंउमै केही इलम गर्ने।

त्यस्तै अमेरिका आएपनि, अरूले बस भन्दैमा बस्ने की नबस्ने। अहिले त नेपालको जनसंख्या बराबर ३ करोड अमेरिकन नैबेरोजगार छन् । बिभिन्न मलमा रहेका नेपालीहरूका व्यवसायहरू, व्युटिपार्लर, आई ब्रो थेर्डिंग सबै लकडाउनले गर्दा बन्दछ। सॅंधै खचाखच ग्राहकले भरिने नेपाली रेष्टुरेन्टहरू ‘अनलाइन अडर,कर्र्भ साइड पिकअप र नजिकैको एरियामा होमडेलिभरीमा’ सीमित रहेर आधा व्यापार गर्दैछन्। होटल,एयरलाइन्स, सपिंग मल आदीमा काम गर्ने धेरै नेपालीहरूकोअवस्था पनि काम नै गर्न नपाएर गार्हो छ यतिखेर अमेरिकामा।

बिद्धार्थीहरू आउॅंदा पनि कति छात्रवृत्ति मिल्छ, खर्च धान्नसकिन्छ कि सकिन्न बिचार गर्नै पर्ने देखिन्छ। पहिले “मे महिना देखि अगष्ट महिनासम्म” छुट्टीमा काम गरेर केही पैसाकमाएर कलेजको फिस तिर्ने गरेका,आफ्नै पैसामा पढ्न आएका नेपाली बिद्धार्थीहरूको अहिले बिचल्ली छ खान, खर्चधान्न, काम नै गर्न नपाएर !

 

शशी के.सी

लेखिका

प्रतिक्रिया