होसियार

विष्णु पगेनी सिग्देल, मेरिल्याण्ड,  ।अमेरिका २०७७ जेठ ५ गते १०:४५ मा प्रकाशित

ए,
कुम्भकर्ण हो,
कति लम्पसार पर्छौ?
देखेर पनि नदेखे झैँ गर्छौ
सुनेर पनि नसुने झैँ गर्छौ
उठने बेला भएन अब?
जुट्ने बेला भएन अब?
कति आफू र आफ्नाका लागि लड्छौँ?
देशका लागि
लड्ने बेला भएन अब?
अब नउठे कहिँले उठ्ने?
अब नजुटे कहिले जुट्ने?
सत्ता टिकाउन मुन्टो नझुकाउ
जनताका अगाडि गल्ती नलुकाउ ।।
देश रहुन्जेल त,
सत्ताको लागि लुछाचुडी गर्लाउ
प्रभू शरणम भन्दै छिमेकीको पाउ पर्लाउ
तर यदि देशै रहेन भने,
भाषा भेषै रहेन भने,
तिमी कहाँ रहन्छौ?
अनि,
तिम्रो सत्ता कहाँ रहन्छ?
त्यसैले,
धेरै ढिला भैसक्यो अब
सुतिरह्यौ भने यसरी नै
इतिहासले धिकार्नेछ तब ।।
अब गर्जिनु पर्छ तिमीले
सिँह झैँ,
र भन्नु पर्छ तिनीहरूलाई,
मेरी आमाको छातीमा नटेक
बिर्सिस मेरो इतिहासलाई
भुलिस मेरो स्वाधिनतालाई
अनि ,
चम्किएको खुकुरीको धारलाई ।
हामी साना छौँ,
तर,
वीर छौ
मर्न तयार छौँ
मार्न तयार छौँ,
तर,
झुक्न तयार छैनौ ।।
त्यसैले,
अब हुन्छ कि त वार
कि त पार
वीर गोर्खाली देखि,
होसियार
होसियार ।।

विष्णु पगेनी सिग्देल, मेरिल्याण्ड,  ।अमेरिका

प्रतिक्रिया