सिरको टोपीजस्तो मेरो हिमाल हास्न छोड्यो

मुकुन्द कोइराला (ठुटे कबि ) २०७७ जेठ ५ गते ३:२८ मा प्रकाशित

जंगे पिल्लर् हरेक् रात
रुँदै बाच्न थाल्यो

गोर्खालिको सान दिदै
बरु कस्मिर हाँसेकोछ
मेरो देशको सीमा सधै मिचिएरै बाँचेकोछ

भत्काएर नाला पानी किल्ला ढाले पनि
ढल्ने छैन शान हाम्रो
नेता गलेपनि
हाम्रै पुर्खाको त्यो सहास् ले
हिजो हिट्लर् झुकायो
लिपु लेक् मा दुस्मनले आज मुन्टो उठायो

मेरो देशको भु -भाग लगि आफ्नो देशमा टासेकोछ
चुस्दै रगत छिनेकीको रक्तपिशाच हाँसेको छ

बाध्यताले बेच्यो मलाई आज देश बेचिदै छ्
पुर्वजको बिरासत् हाम्रो नासो मेटिदै छ्
जनताको गाँस काटी लाखौं सेना पाले पनि
अत्याचारी निरन्कुश सासकलाई फाले पनि
के हेर्दैछौ ओ नामर्द
ब्यारेकमा बसि बसी
जुत्ता बोकि सलाम् ठोकी किन हिड्छौ पछि पछि !!!

बेचिनुको पिडा के हो ?
बेचिनेहरुलाई सोध
देश केहो ?
सिमाना नै मेटिनेहरुलाई सोध

थोरै पनि स्वाधिनताको स्वास्
फेर्छौ भने साथी
फेर यो नेतृत्व र राख देश शीरमाथि

देशको माया बुझ्नलाई
जन्मभुमि छोडेर त हेर
एक इन्च् भए पनि जमिन जोडेर त हेर

फक्ल्यान्डको युद्ध जित्ने यिनै बिरहरु हुन् नि
बिके पछि स्वार्थी शासक झुके शिरहरु पनि

ढले कोही मैदानमा कतै रहे गींडहरु
भुत्ते भयो खुकुरी त्यो फुत्के सबै बिडहरु
नमेटिउन नमिचिउन् सिमाना र सुरहरु
आमा लुछ्यो दुसादले सुके सबै आँसुहरु

मुकुन्द कोइराला (ठुटे कबि )

प्रतिक्रिया