राष्ट्रपति भण्डारी आज फरक शैलिमा संसद भवन जाने

टंक पन्त २०७७ जेठ २ गते ८:१५ मा प्रकाशित

काठमाडौ । कोभिड १९ महामारीको बिषम परिस्थितिलाई ध्यानमा राखी राष्ट्रपति बिधादेबी भण्डारीले यस बर्षको सरकारको बार्षिक नीति तथा कार्यक्रम बिगतको भन्दा फरक धारको पेश गर्नुहुने भएको छ ।

बिश्वभरि फैलिएको कोरोना महामारीले गर्दा नेपाल पनि पछिल्लो समयमा निकै प्रभावित भएको छ । कोरोना महामारीले गर्दा थिलो थिलो भएको अर्थतन्त्र र त्यसले आगामी दिनमा पार्ने गभीर प्रभाबलाई समेत ध्यानमा राखी नीति तथा कार्यक्रम तयार गरिएको छ ।

राष्ट्रपति भण्डारीले आज अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठकलाई सबोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्र्दै हुनुहुन्छ । सो नीति तथा कार्यक्रम स्वास्थ्य , रोजगारी सिर्जना , कृषि र बिकास जस्ता कार्यक्रममा केन्द्रित हुने बुझिएको छ । गोष्ठि , तालीम जस्ता अर्थहीन झोले कार्यक्रमहरुलाई न्युन गरिने भएको छ ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि यहि जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थ मन्त्री डा युवराज खतिबडाले पेश गर्नुहुने आगामी अािर्थक बर्षको बजेट कस्तो हुने भन्ने झल्को समेत आउने छ ।

स्वास्थ्य भोकमरि , मानबीय सुरक्षा र रोजगारी लक्षित कार्यक्रमलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा परेको बताइएको छ ।

प्रतिपक्षले अहिलेको परिस्थितिलाई ध्यानमा राखी पुरक बजेट बजेट ल्याउनु पर्ने भनेको भएपनि सरकारले पुर्ण बजेट नै ल्याउने गरी नीति तथा कार्यक्रमको खाका बनाएको छ । अर्थ मन्त्री डा खतिवडाले पुर्ण बजेट नै जानकारी संसदलाई गराइसक्नुभएको छ ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न अन्तराराष्ट्रिय सम्मेलन केन्द्र जादा बिगतमा जस्तो आम नागरिकहरुले ट्राफिक जामको समस्या भोग्नु नपर्ने भएको छ ।

राष्ट्रपति संसद जानु भन्दा एक घण्टा अगाडि र फर्किनु भन्दा एक घण्टा अगाडि सडक खाली गर्ने प्रचलन थियो जसले गर्दा ट्राफिक जाम हुने र त्यसको प्रभाब राति सम्म पनि पर्ने हुन्थ्यो तर यस पटक लकडाउने गर्दा त्यो समस्या नहुने भएको छ । ट्राफिक प्रहरी पनि बिहान देखि परिचालित हुन नपर्ने भएको छ ।

ससदमा यस पटक कोरोना महामारीको जोखिम बाट जोगिन सोसियल डिस्टेन्सको ब्यबस्था गरिएको र जसले बस्ने ब्यबस्था सहज नभएको कुरा कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई जानकारी गराएर आमन्त्रण गरिएको छैन ।

त्यसैगरी सर्ब साधारण बिशिष्ट ब्याक्तिहरुलाई पनि आमन्त्रण गरिएको छैन । सबैधनिक निकायका प्रमुखहरुलाई आमन्त्रण गरिएपनि सदस्यहरुलाई आमन्त्रण गरिएको छैन ।

सुरक्षा निकायका प्रमुखहरुलाई भने आमन्त्रण गरिएको छ । नेपालमा लकडाउन प्रारंभ भएको ५३ औ दिनमा सरकारको नीति तथा कार्यक्रम पेश हुदै छ र लकडाउन पछि एकैठाउ सबै भन्दा ठुलो जमघट आज हुने भएको छ तर स्वास्थ्य सुरक्षा , सोसियल डिस्टेन्सलाई पुर्ण रुपमा ध्यान दिइएको छ ।

राष्ट्रपति भण्डारी संसदमा जादा सभामुख , अध्यक्ष , संसद सचिवालयका महासचिबले फुलगुच्छा दिएर स्वागत गर्ने प्रचलन भएकोमा यस पटक कोरोना महामारीका कारण नमस्कार मात्र गरेर स्वागत गरिने भएको छ ।

प्रतिक्रिया