दिमाग हल्लाइदिने एउटी कथाकार

इनेप्लिज २०७७ जेठ १ गते २:३४ मा प्रकाशित

नेपाली भाषामा लेख्ने धेरै कथाकारहरु छन् तर मानिसहरुले पढ्न खोज्ने कथाकारहरु भने कम छन् । कथा लेख्नु र पढ्न लायक कथा लेख्नु फरक कुरा हुन् । केही कथाकारहरु सिमित कथा लेखेर वा कनिकुथी एउटा कथा संग्रह निकालेर मिडियावाजी गर्छन, तर कोहीकोही कथाकार यस्ता हुन्छन्, जो आफ्नो सिर्जनामा तल्लीन भइरहन्छन्, मिडियावाजी गरेर चर्चामा आउंदैनन, यसरी साहित्य सिर्जना गर्छन, जसले पाठकहरुको जीऊ कमाइदिओस्, दिमाग हल्लाइदिओस् र आंखावाट आंशु झार्न वाध्य वनाओस् ।

पाठकको दिमाग हल्लाउने कथा लेख्छिन सानु शर्मा । पाठकले पढ्दै जांदा सोच्दै जान्छ, ओहो मैले त यसरी कहिले पनि सोचिन । सांच्चि, तपाइहरु कति जनाले कथाकार सानु शर्माको नाम सुन्नु भएको छ ? कति जनाले उहांका कथा, उपन्यास र कविताहरु पढ्नु भएको छ ?  कति जनाले सानु शर्मा कुनै सार्वजनिक कार्यक्रममा गएको देख्नु भएको छ ? कतिजनाले सानु शर्माका अन्तर्वार्ताहरु हेर्नु भएको छ ? कतिजनाले सानुका सार्वजनिक जीवनका तस्विरहरु देख्नुभएको छ ? चर्चामा नरहेरपनि लेख्न सकिन्छ भन्ने उदाहरण हो सानु शर्मा।। किनभने लेखक को हो, कस्तो छ भन्दापनि उसले कस्तो लेख्छ भन्ने प्रश्न ठूलोहो र सानु शर्माले यो कुरा हल्ला खल्ला नगरीकनै सावित गरेकीछन् ।

जतिले सानु शर्मालाई अलिअलि पढ्नु भएको छ, सानु शर्मा आफैंमा एउटा रहस्यमय पात्रझैं लाग्छिन र त्यो भन्दा वढी रहश्यहरु त उनका कथाहरुमा पाइन्छ । उनका कथाहरुमा कुन वेला ट्वीष्ट आउंछ अनुमान गर्न पनि कठिन छ । सानु शर्माले कहांनेर रुवाउंछिन् तयार भएर वस्नुपर्छ । सानु शर्मा कसरी थाहा पाउंछिन्, मानिसको हृदय कहांनिर हुन्छ ?

सानु शर्माको कथा संग्रह एकादेशमा अघिल्लो पटकको मदन पुरस्कारका लागि उत्कृष्ट दशमा परेको थियो । उनले यो कुरालाई सामान्य नोटिसमा मात्रै लिइन । न त आफैं खुसी व्यक्त गरिन् या त कसैसंग यसवारेमा चर्चा गरिन् । शायद उनलाई वांकी संसारसंग मतलव छैन, आफ्नो खुसीका लागि लेख्छिन्, आफ्नो व्रम्हलाई जे सत्य लाग्छ, लेख्छिन । धेरै साहित्यकारहरु आमाको महिमा लेख्छन्, आमाका विरुद्धमा लेख्न साहस गर्दैनन्, तर सानु शर्मा आमाको निर्मम आलोचना गर्न कति पनि डराउंदिनन् । समान सम्वन्धमा कसरी वुवाआमा पक्षपाती हुन्छन् भनेर चित्रण गर्छिन । दाजुभाइको दिदीवहिनीमाथिको ज्यादति लेख्छिन् । कथामा यसरी चरित्र, परिस्थिति र तर्क निर्माण गर्छिनकी असहमत हुनुपर्ने कतै ठाऊं छाड्दिनन् ।

तपाइहरु कतिले उनको भाउजु कथा पढ्नु भएको छ ? भाउजु कथामा देवर र भाउजुको वीचमा अन्तरंग सम्वन्ध देखाइएको छ । यो कथालाई सामान्यतया समाजले अराजक सोच्दो हो, तर तपाइहरु पढ्नुहोस् त, उनले तपाइलाई कसरी कन्भिन्स गर्छिन ? कसरी तपाइका शरिरका रौं ठाडा वनाइदिन्छिन् ? कसरी तपाइका आंखावाट आंशु वगाइदिन्छिन् । पढ्दा लाग्छ, कसरी सोच्दी हुन् यति धेरै सशक्त कथाहरु ? उनका हरेक कथाले पुष्टि गर्छ उनी लेख्नका लागि जन्मिएकी हुन् । जव तपाइ उनलाई पछ्याउन थाल्नुहुन्छ, उनका हरेक कथाले तानिरहन्छ ।

समाजलाई टपक्क टिप्ने क्रममा उनका कथाहरु अलिकति लामो हुन्छन् तर सुरु गरेपछि छाड्न मन लाग्दैनन् । उनका कथाहरु औपन्याशिक धरातलमा अगाडि वढ्छन् । कथा वा उपन्यासका पात्रहरु सांच्चै सजीव लाग्छन् र ती पात्रहरुप्रति पाठकले तीव्र सहानुभूति वा आक्रोस व्यक्त गर्छन, यो भुलिदिन्छन् यो कुनै कथाकारको दिमागमा मात्रै सिर्जना भएको पात्र हो । सानु शर्माका हरेक कथाहरु सशक्त लाग्छन्, सजीव लाग्छन् र हाम्रै वरीपरीका लाग्छन् । एउटा पारिवारिक माहोलमा यति धेरै कथाका विषयवस्तु हुंदा रहेछन् भन्ने उनले प्रमाणित गर्छिन । सानु शर्मा किन यतिधेरै पारिवारिक कथा लेख्छिन् होला ? पारिवारिक भन्दा अलि वाहिर गएर उनले लेखेको रहस्यमयी कथा वन्द खामले त झन् कौतुहलता र विष्मयको आंधीनै ल्याइदिन्छ ।

सानु शर्माको अहिले अक्षरंग साहित्य कला अनलाइन पत्रिकामा प्रकाशित भइरहेको धारावाहिक उपन्यास फरक पढ्नु भएको छ ? फरक उपन्यासको श्रृंखला १० मा प्रतिक्रिया लेख्दै एक पाठक मुल पात्रप्रति सहानुभूति व्यक्त मात्रै गर्दैनन्, भगवान पशुपतिनाथसंग मुलपात्रलाई केही नहोस् भनी प्रार्थना समेत गर्छन । उनले आफ्ना पात्रलाई कसरी चित्रण गर्छिन र पाठकलाई कसरी कन्भिन्स गर्छिन भन्ने उदाहरण मात्रै हो ।

एकपटक एकजना वहिनीले वानेश्वरमा अर्थ प्रकाशन कहां पर्छ भनेर सोधेकी थिइन । मलाई वानेश्वरमा अर्थ प्रकाशनवारे थाहा थिएन । पछि थाहा भो, सानु शर्माको उपन्यास अर्थमा वानेश्वरमा अर्थ प्रकाशनको कार्यालय भएको उल्लेख रहेछ, उनलाई उपान्यासको वर्णनले यस्तो प्रभाव पारेछ कि सो प्रकाशन त्यहां रहेको विश्वास गरिछिन् । धेरै कथाहरुमा आमाले आफैंले जन्माएका छोराछारीप्रति गर्ने विभेद लेखेकी सानुले वकाइनाको वोट कथामा आमाप्रति यस्तो सम्मान जन्माएकी छिन् जसले अघिल्ला कथाहरु लेख्ने सानु र वकाइनाको वोट लेख्ने सानु एउटै लेखक हुन् भन्ने विश्वास गर्न समेत कठिन हुन्छ । उनको परी कथाले उमेर नमिल्ने प्रेमीहरुका कथा यसरी भन्छ, मानौ त्यो पात्रहरु हाम्रा वरीपरी छन्, हाामीले चिनिरहेका हुन् ।

विप्लवी र अर्थ जस्ता सशक्त उपन्यास र एकादेशमा जस्तो वुलन्द कथा संग्रह निकालेकी सानुको अहिले उपन्यास फरक श्रृंखलावद्ध रुपमा अक्षरंग कला साहित्य अनलाइनमा प्रकाशन भइरहेको छ । एउटा उत्कृष्ट उपन्यास धारावाहिक पढ्न चाहनु हुन्छ भने यो तपाइका लागि उत्कृष्ट विकल्प हुन सक्छ ।

फरक श्रृंखला -१

फरक श्रृंखला -२

फरक श्रृंखला -३

फरक श्रृंखला -४

फरक श्रृंखला -५

फरक श्रृंखला -६

फरक श्रृंखला -७

फरक श्रृंखला -८

फरक श्रृंखला -९

फरक श्रृंखला -१०

विप्लवी उपन्यासवारेमा सरस पाण्डे


सम्बन्ध, विश्वास, पीडा,संघर्ष, संस्कार,साहस र विद्रोहलगायतका अनगिन्ती कुराहरूलाई समेटेर तयार पारिएको एक उत्कृष्ट उपन्यास हो विप्लवी । उपन्यास पढ्दा कुनै शब्दले मन नछोएको होस् त्यस्तो शब्द नै छैन। महिलाका यथार्थ भोगाइलाई पर्दाफास गरिएको उपन्यासले जो कोहीको पनि हृदय पगाल्न सक्छ । सन्देशमूलक र पठनीय उपन्यास पढ्ने अवसर दिनुभएकोमा उपन्यासकार सानु शर्माज्यूलाई धन्यवाद । यो उपन्यास एकपटक सम्पूर्ण साहित्यप्रेमीहरूले पढ्नुहोला ।

उपन्यासबाट ………………
कति सहज हुन्छ स्वास्नीमान्छेको मन जित्न कुनै पहाड फोड्नुपर्दैन कुनै हिमाल चढ्नुपर्दैनस न हाम्रा धार्मिक ग्रन्थमा झैं कुनै दैत्य (दानव)सॅंगै भिड्नुपर्छ । बस, अलिकति विश्वास, अलिकति फकाइफुस्ल्याइ, अलिकति पुलपुल्याइ,अलिकति माया अनि मुठीभरि सपना देखाइदिए पुग्छ । यत्तिकैभरमा जित्न सकिन्छ प्राय स्वास्नीमान्छेको तनमन ।

प्रतिक्रिया