कोरोनालाई कारण देखाऊ आदेश जारी

उर्मीला निर्दोषी सेन्ट लुईस , मीजौरी, अमेरीका २०७७ वैशाख ३१ गते ३:४३ मा प्रकाशित

यो लकडाउनको समयमा

खै म के सन्देस दिऊ?

नियतीसॅगै म पनि यहाॅ एकान्तीएकीछु।

महिनौभर घरमै बस्ने आदेशलाई

कोरोनाको थुनुवा पुर्जी ठानेकीछु।

त्यसैले आफ्नै दिलको फाटमा ,

दिलको सिॅगो सर्वोच्च मन-अदालतमा

कोरोना बिरूध्द, मैले बन्दी प्रत्यक्षीकरणको

रीट निवेदन दायरी गरेकीछु।

बीना वारीस, बीना वकील

सधै पेशीहरूको स्थगनको सुचना पठाउने

आफु अदृस्यभई कहिल्यै हाजीर नहुने कोरोनालाई

यो , “दील- अदालतको “ मानहानी पनि भएको ठानेकीछु।

कोरोना बिरूध्द ,मानहानीको अर्को छुट्टै मुद्दा पनि दायर गरेकीछु।

त्यसैले दीलका न्यायधीशहरूले आफ्ना ईजलाशमा

एकतर्फी सुनुवाईहरू शुरू गरेकाछन्।

धेरै दिनको चर्को बहशहरू भएकाछन।

बहशमा डर, त्राश र आतॅक जस्ता

घटनास्थीति प्रकृतीमुचुल्का पेश भएकाछन।

अनि जिवन बाच्ने सवालमा कोठाकाऐना अगाडी

आफ्नै ॲाखामा पढिएका कठोर र सन्नाटाका

पाठहरूको मजबूद प्रमाणहरू पेशका आधारमा

“आफू अदृस्य भई, स्वतन्र पुर्वक

आकाशबाट सॅसार भरमण गरी

जगतमै त्राश र आतॅक फैलाउने ती कोरोनाहरूलाई

यो दीलको सिॅगल बेनचले “कारण देखाऊ” आदेश

जारी गरेकाछन।”

त्यसैले यो दीलले , दीलभीत्र बर्षौ थुनिएका

ती कैदीहरूलाई ( मेरा कैदीहरू: मोह, लोभ, ईगो आदि)

योग – साधनामार्फत

मूक्त गर्ने कोशीशको फैशला तयार गरेकाछन्

यो लकडउनको समयमा ,

दिलको सन्नाटालाई , अन्तरदीलबाटै स्वाभीमानकासाथ

बहीष्कार पनि गर्दै,

यो मन त , मनभीत्रकै सृजनामा पो ब्यस्त छन्।

मनभीत्रकै सृजनामा पो ब्यस्त छन्।

 

उर्मीला निर्दोषी

सेन्ट लुईस , मीजौरी,अमेरीका

प्रतिक्रिया