मेरो मन छ र, म छु यहाँ ।।।

अम्बिका लोहनी अटलांटा, जोर्जिया २०७७ वैशाख ३० गते २२:४३ मा प्रकाशित

समय बदलिएको छ

पात्रहरू बदलिएका छन

तर दृष्य उही देख्दछु ।।।

इच्छयाले होस या बाध्यताले

सुस्तरी सुस्तरी बामे सरेका मेरा पाहिला ।।।

त्यों उज्यलो ज्योतिको आशमा

निरन्तर कर्मको खेतीमा जुटेको छ ।।।

मेरा आशामा बाचेको त्यों बिश्वास

यो पटयारिलो आज भोलिको आशमा

आखा नझिमकाई नियाली रहेछ

पर्खी रहेछ ।।

दिइएको छैन सहजता तिमिलाई

संसार त्यति सजिलो छैन जीउन

आसै आसमा बाच्न लगाईएको छ

जे कर्म गर्यो त्यों सधै रहने छ भंने आशमा

भूलेको छैन जन्मनुक़ो कर्तब्य मैले

मन हो मान्छे अनुसार फरक हुदो रहेछ

केही न केही नियत

कल्पन्छु सबैको मन एउटै भैदिए

सबै समानतामा समाहित

एक अर्कामा आदरणीय, सम्मानित

कस्तो हुदो हो यो संसार

समान र सम्मानित जीवन बाच्ने मेरो चाहना

अरुको मन र नियतसंग के छ

ख़ैर केही छैन

एकैछिन टोलाउछु ,

सोच्दछु ,

आफु भित्र आफै जवाफ पाउछु

मेरो मन छ र, म छु यहाँ ।।।

मेरो कल्पनाको स्वच्छ मन

मेरो भावनाको स्वच्छ बिचार

मेरो हृदयको निस्वार्थ सेवा

यही नै लाग्छ यथार्थमा बाचेको

मेरो मानविय जिवनको सार्थकता ।।।

फेरी एकैछिन सोच्दछु

ख़ैर केही छैन

हा हा ।।।

ख़ैर केही छैन

मेरो मन छ र, म छु यहाँ ।।।२

अम्बिका लोहनी

अटलांटा, जोर्जिया

प्रतिक्रिया