मन कैदी बनायो लौ !

अलका मल्ल काठमाडौं २०७७ वैशाख ३० गते १०:४४ मा प्रकाशित

उसले मलाई मुटु साटौं भन्दै थियो
मुटुको बदला स्वास तिम्रै भन्यो
मैले स्वास पनि उसलाई अर्पण गरें
स्वासको बदला ढड्कन लिनु रे
मैले ढड्कन पनि साट्न तयार भएं ।

भत्किरहेको मन घुम्दै छन् खै कता
मन साटौं न भन्न थाल्यो फेरि
मनको साटो मैले भावना पाएं
भावना सम्हालेर स्वास संगै राखें
ढड्कनलाई छामेर दिलमा साँचे ।

धेरै कुरा सोध्नु थियो मन संग
मस्तिष्कले नबुझेका अप्ठेराहरू
मनमा साँचेर राख्ने गरेकी थिएं
मनको साँचो खोल्नु थियो
ढड्कन कतै बिसाउनु थियो ।

आज मेरो मननै उसले लगेपछि
उसलाई चिट्ठी कसोरी लेख्नु ?
मन बिना दिमाग के गरि चलाउनु?
फिर्ता मगौं त कसोरी मागौं
मेरो मनलाई कैदी बनायो लौ !

अलका मल्ल
काठमाडौं

प्रतिक्रिया