म खोजिरहेछु

बालानन्द भण्डारी -हाल मेरिल्याण्ड २०७७ वैशाख २९ गते १६:२९ मा प्रकाशित

यतिखेर देस बाट टाढा
र पनि ब्याकुल छु
सिंगो सिंगापुर र माल्भ्दिप
जत्रो मेरो भुमी खोजिरहेछु
कति लेण्डुपहरु बिच पनि
भक्ति थापा , अमरसिंह थापा
खोजिरहेको छु
मेरो आमाको छातीमा झिररोप्ने पापी
माथि जाइलाग्ने दह्रो आत्मा खोजिरहेछु
गिद्धले पहिले देखि नै ठुग्दै छिया छिया पार्दै
यतिखेर त
मेरो भुमी लाइ चिरेर
निजि बाटो बनाएछ
उहिले नै
३३००० एकड भुमी निलिसकेको
थुप्रै जंगे पिल्लर खाइ सकेको
आफैलाई सोध्छु , म किन नतमस्तक ?
अन्यौल अन्यौल बिच
निस्पट्ट अन्धकार बिच
एउटा दियो खोजिरहेछु |

प्रतिक्रिया