कोमल गज़ल:-

कोमल भट्ट २०७७ वैशाख २६ गते २०:५५ मा प्रकाशित

सम्झन्छु उनैको प्रीत मिठो
सुन्दैछु उनैको गीत मिठो

भो जन्मथलोको याद सधैँ
छल्किन्छ उनैको धीत मिठो

झेल्दैछु अनेकौँ कष्ट यहाँ
ताजा छ हियामा नीत मिठो

निल्दैछ बलेको आतपले
पाउन्न पियारो शीत मिठो

जाली छ अघोरै दैव पनि
बेजान बनायो मीत मिठो

खप्नेछु म आफ्नो हार बरु
चाहन्छु उनैको जीत मिठो

छन्द:- सुषमा
(६ अक्षरमा विश्राम)
-कोमल भट्ट
च.न.पा.१३,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

प्रतिक्रिया