गोर्खाली समाज फ्रान्सद्वारा पहिलो चरणको राहत वितरण सम्पन्न

इनेप्लिज २०७७ वैशाख २५ गते २१:११ मा प्रकाशित

फ्रान्स, २५ बैशाख २०७७ । गोर्खाली समाज फ्रान्सद्वारा पहिलो चरणको राहत वितरण सम्पन्न गरेको छ । बिश्वमा महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस (कोभिड १९ ) का कारण समग्र बिश्वजगत अहिले चपेटामा आक्रान्त छ । मानब समाज र प्राकृतिलाई नै चुनौती दिएको यस विषम घडीमा फ्रान्स पनि लामो समयदेखि लकडाउनमा रहेको छ ।

आजको जटिल परिस्थितिमा फ्रान्समा रहेका नेपालीहरुको दैनिक जीवनयापन असहज रुपमा रहेको छ, सरकारी सेवा सुबिधाबाट बन्चित रहेका नेपालीहरु छन । उनीहरुको पहिचान गरी गोर्खाली समाज फ्रान्सद्वारा पहिलो चरणमा ५५ जनालाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरिएको गोर्खाली समाज फ्रान्सका अध्यक्ष सुरेन्द्र काप्रीले जानकारी दिनुभयो ।

हरेक नेपाली दाजुभाई, दिदिबहिनीहरुलाई कोरोना भाइरसबाट आफु पनि बाचौ, अरुलाई पनि बचाऔ भन्दै सामाजिक सन्देश जारी गर्दै, पूर्व सुचना अनुसार ५० जनालाई मात्र राहत प्रदान गर्ने निर्णय भए पनि थप ५ जना समाबेश गरी जम्मा ५५ जना लाई राहत प्रदान गरिएको हो ।

सस्थाले आगामी दिनमा थप समस्या झनै बिकराल हुन सक्ने अवस्था सृजना लाई मध्य नजर राख्दै थप आर्थिक सहायोग संकलनमा जुटेको छ ।

गोर्खाली समाज फ्रान्स स्थापना कालको छोटो अवधिमा यस सस्थाले थुप्रै सामाजिक कार्य गर्दै आइरहेको छ । केहि समय पहिला मृगौला पिडित बालिकाका लागि करिब ८०० युरो भन्दा बढी उपाध्यक्ष रामेश्वर श्रेष्ठको संयोजकत्वमा पिडित बालिकालाई उपचारका लागि रकम हस्तान्तरण गरेको थियोे ।

सुजन बानियाँको संयोजकत्वमा सिरानचोक गाउपालिका गोरखाका १२ बर्षिय प्रसिद्ध हमालको उपचारका लागि मृगौला पीडित बाबुलाई युरो १ हजार ४ सय ५६ हस्तान्तरण गरिएको थियो ।

साथै, गोरखाका राजु खनालको उपचारका लागि सुजन राज भट्टको संयोजकत्वमा संकलित ५०० युरो हस्तान्तरण गरी सकेको र थप झन्डै ३०० युरो उठ्न बाकी भएको संयोजक सुजन राज भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया