लकडाउन

बिष्णु गुरुङ "एकता" २०७७ वैशाख २४ गते १०:३८ मा प्रकाशित

मनुष्यले मृत्यु देख्यो र लकडाउन गर्यो
धर्तीले विश्राम पाईन र वोजन लेभल झर्यो
प्रकृतिको खेल होकी मनुष्यको विमेल यहाँ
कोरोना संक्रामणले विश्व नै थर्कमान बनायो।
******
कथा यहाँ चोटको मात्र हैन मृत्युले लग्यो जीवन
जनताको कर्तब्य पालना गर्नु सरकारको नियम
कोसँग भन्ने मनको पिडा आफैसँग लुकाएर
करौडौ आयो राहत गरिब जनता भोकै पासोमा।
******
धनि देशका नागरिकहरु विमानले उडायो
गरिब देशका नागरिकहरु अलपत्रमा पर्यो
लौभन कहिले सम्म भोग्ने सतीको श्राब हामीले
हे भगवान! हाम्रो नेताहरुको बुद्धि केले खायो ??
*******
लक्डाउनको कयौ दिनपछि राहत भनेर बाड्यो
मौका यहि भोको पेटमा भ्रष्टाचारीले लात हान्यो
के भन्नु खै मानवता हराएपछि पशु भन्दा निच
कुहिएको दालचामलले करडौ बजेट पचायो।
*******
बिन्तिछ सरकार खेलवाड नगर आपत्तिको यो घडीमा
आमा रोईरहेछिन् सन्तान अलपत्र परेर संसारभरमा
जनता रहेनै देश रहला र तिमिपनि रहला हाम्रो मनमा
सेवागर्ने मौका होयो ठानेर खटेर लाग्नु जनता बचाउन।
******
निर्दोष निर्जन नयनहरु मौनतामै छन्
जिन्दगीका मन्जिलहरु अधुरोनै छन्
संसार परिवर्तनशील छ आशा गरौ
सुन्दर फूलहरु फुल्न बाँकी नै छन्।

रचना: बिष्णु गुरुङ “एकता”
पोखरा

प्रतिक्रिया