कोरोनाको महामारी कम्तिमा २ बर्ष सम्म फैलिने बिज्ञहरुको भविष्यवाणी

इनेप्लिज २०७७ वैशाख १९ गते ११:०७ मा प्रकाशित

कोरोनाको भाइरसको महामारी कम्तिमा पनि २ बर्ष सम्म फैलिने बिज्ञहरुको भविष्यवाणी गरेका छन् । बिज्ञहरुका प्रतिवेदन अनुसार नयाँ कोरोनाभाइरस कम्तिमा १८ महिनादेखि दुई वर्षसम्म फैलिन सक्ने सम्भावना छ भनेको छ । उक्त प्रतिबेदनमा ६० देखि ७० प्रतिसत जनसंख्या संक्रमित हुने जनाएका छन् ।

लामो समयदेखि फैलिएको महामारी विशेषज्ञहरुको टोलीले बिहीबार जारी एक रिपोर्ट(प्रतिबेदन)मा उक्त भविष्यवाणी गरेका हुन् ।

उनीहरूले अमेरिकाले सबैभन्दा खराब अवस्थाको लागि तयार पार्नु पर्छ भनि सिफारिस गरेका छन् । जसमा शरद र जाडोमा कोरोनाभाइरस संक्रमणको दोस्रो ठूलो लहर आउने जनाएका छन् । एक उत्तम मामलामा पनि मानिसहरु भाइरसबाट मृत्यु हुने उनीहरुले भविष्यवाणी गरेका छन् ।

मिनेसोटा विश्वविद्यालयमा कार्यरत संक्रामक रोग अनुसन्धान तथा नीति केन्द्र (सीआईडीआरपी) का निर्देशक माइक ओस्टरहोलमले सीएनएनलाई भने, “यो कुरा रोकिन ६० देखि ७० प्रतिशत मानिसहरूलाई संक्रमित नभएसम्म रोकिने छैन।”

ओस्टरहोलम महामारीको जोखिमको बारेमा २० बर्षदेखि लेख्दै आएका छन् । र उनेल थुप्रै अमेरिकन राष्ट्रपतिहरुलाई लाई सल्लाह दिएका छन् । उनले हार्वर्ड स्कूल अफ पब्लिक हेल्थ एपिडेमिलोजिष्ट मार्क लिपिसिचसँगै लेखेका थिए जो महामारीको शीर्ष विशेषज्ञ पनि हुन ।

श्रोत :सिएनएन

प्रतिक्रिया