गीतः खै ?

अलका मल्ल , काठमाडौँ २०७७ वैशाख १७ गते १०:१६ मा प्रकाशित

गाउँघर हिंडने साबित्री
पाउजु लाकाे खै ?
काँडाले बिझि जाउली
पाउमा जुत्ता खै ?

बाढुली कम्मर चिटिक्क मिलेकी
पटुकी बाँढेकी खै ?
फुर्फुर् गर्दै उफ्रदै हिडेकी
चाैवन्दी चोली खै ?

गला रित्तै नाम्लो बोकेकी
पोते लाको खै ?
मुस्कान दिने त्यो अधरमा
लाली लाको खै ?

सर्लक्क परि नाक मिलेकी
बुलाकी लाकाे खै ?
बुद्धका झै कान‌‍हरूमा
ढुंग्रीा लाको खै ?

नशालु ती आखाहरूमा
गाजल लाकाे खै ?
भाग्य खुलाउने निधारमा
टिकी लाकाे खै ?

लामा ति चुल्ठीहरूमा
रिबन लाको खै ?

अलका मल्ल , काठमाडौँ

प्रतिक्रिया