नेपालमा लकडाउन १० दिन थपियो, अन्तरराष्ट्रिय नाका बैशाख ३१ गतेसम्म बन्द

टंक पन्त २०७७ वैशाख १४ गते १४:४६ मा प्रकाशित


काठमाडौ । सरकारले बैखाख २५ गते सम्म लम्याउने निर्णय गरेको छ । कारोना संक्रमितको संख्या थपिदै गएको र अझै कोरोनाको जोखिम बांकी रहेको निष्कर्ष निकाली मन्त्रिपरिषदको आइतबार सांझ बसेको बैठकले लकडाउन थप १० दिन निरन्तरता दिने निर्णय गरेको छ ।

गत चैत्र ११ गते देखि लागु जारी रहेको लकडाउनकै कारण नेपालमा कोरोना महामारीको रोकथाम तथा नियन्त्रण सफल भएको बिष्लेषण सहित मन्त्रिपरिषद् बैठकले बैशाख २५गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको अर्थ, संचार तथा सुचना प्रबिधि मन्त्री एवम् सरकारका प्रवक्ता डा. युवराज खतिबडाले जानकारी गराउनुभएको छ ।

उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोख्रेलको संयोजकत्वमा रहेको कोरोना महामारी रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको शनिबार बसेको बैठक र मुख्य सचिब लोकदर्शन रेग्मीको नेतृत्वमा रहेको कार्यदलले भने थप एक हप्ता लकडाउन बढाउने सिफारिश गरेको थियो तर मन्त्रिपरिषद बैठकले भारतमा संक्रमण बढेको, नेपालमा पनि कोरोनाको जोखिम बांकी नै रहेको, कोरोना संक्रमितको संख्या बैशाख १४ गतेसम्ममा ५२ जना पुगेको र धेरै जनाको परिक्षण रिपोर्ट आउन वांकी रहेको कुरालाई ध्यानमा राखी अझै १० दिन लम्याउने निर्णय गरेको छ ।

तेस्रो पटक थपिएको लकडाउनको समय बैशाख १५ गते मध्यरातिसम्म रहेको छ । नेपालसंग जोडिएका अन्तरराष्ट्रिय नाका बैखाख ३१ गतेसम्म खुला नगर्ने निर्णय पनि सरकारले गरेको छ ।

सरकारले आगामी जेठ २ गते अन्तरराष्ट्रिय र आन्तरिक उडानमा प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।

कोरोना महामारीका कारण सरकारले जारी गरेको लकडाउनका कारण नागरिकको जनजीवन अस्तब्यस्त बन्दै गएपनि पछिल्लो समयमा नागरिकहरुमा घर बस्ने वानी भने परिसकेको छ र जति अफठ्यारो भएपनि लकडाउन नै कोरोना रोकथाम तथा नियन्त्रण गर्ने उपयुक्त बिकल्प हो भन्ने कुरा नेपालमा जुन रुपमा कोरोना रोकथाम भएको छ त्यसले प्रष्ट गरेको सरकारको बिष्लेषण छ ।

नेपालमा लकडाउन प्रारम्भ भएको ३५ दिन भैसकेको छ ।

इपिएस परीक्षा पास गरेकाहरुलाई कोरिया जानेहरुलाई सहज वनाइने

मन्त्रिपरिषद् वैठकले कोरियामा कामका लागि जान इपिएस परीक्षा पास गरेर भीसा लिइसकेकाहरुलाई पनि जान सहज वनाउने निर्णय गरेको छ । दक्षिण कोरिया सरकारसंग समन्वय गरेर उनीहरुलाई जान सहज वनाउने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया