प्रदेश १ मा एसईई तयारी कक्षा हुने

मनोज दाहाल २०७७ वैशाख १२ गते २२:०८ मा प्रकाशित


मनोज दाहाल,

विराटनगर, १२ वैशाख । प्रदेश नं. १ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) तयारी कक्षा शुरु हुने भएको छ।

सामाजिक विकास मन्त्रालयले नेपाल टेलिभिजन इटहरी प्रशारण केन्द्र सुनसरीसँग एसईईका विद्यार्थीलाई लक्षित गरिे तयारी कक्षा सञ्चालनका सम्वन्धमा बारे नेपाल टेलिभिजन इटहरी प्रशारण केन्द्रसँग सम्झौता गरेको छ।

मन्त्रालयका सचिव रविलाल पन्थ र प्रशारण केन्द्रका प्रमुख डा. टङ्क उप्रतीसँग विहीवार सम्झौता पत्र आदानप्रदान गरिएको छ।

पहिलो चरणमा वैशाख १५ देखि जेठ १५ गतेसम्म दैनिक १ सय मिनेटको भर्चुअल कक्षा सञ्चालन गरिने भएको मन्त्रलयका शैक्षिक योजना शाखाका अधिकृत मानवहादुर देवकोटाले जानकारी दिनु भयो । शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले तयार गरेको सामाग्री प्रशारण गरिने छ।

प्रत्येक दिन विहान १० वजेदेखि कक्षा शुरु हुने र ९० बटा कक्षा सञ्चालन गरिने भएको छ । एसईई तयार कक्षा शुरु हुने अघि दैनिक १० मिनेट विज्ञहरुबाट विद्यार्थीहरुलाई विभिन्न व्यवहारिक ज्ञानबारे जानकारी गराउनुका साथै विद्यार्थीहरुले राखेका जिज्ञासाका सम्वन्धमा जवाफ दिइने छ ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया