मोहन्यालमा फेरी एक महिलामा संक्रमण भेटियो

वीरेन्द्र रावल २०७७ वैशाख १२ गते ११:०१ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,बैशाख १२÷ कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाको वडानम्बर ५ कटौजे स्थित क्वाईरेन्टाईनमा शुक्रबार फेरी एक महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ।

मोहन्याल गाउँपालिका वडानम्बर ५ सापखर्क घर भएकी २६ बर्षिया तीं महिला विहीबार पोखराबाट कैलालीको गौरीगंगा नगरपालिकाको राजीपुरमा पुगेकि थिईन ।
उनको शुक्रबार विहान र्यापिड टेष्टका क्रममा कोरोनाको संक्रमण पोजेटिभ देखिएको कुरा महोन्याल गाउँपालिकाका निमित्त प्रमूख प्रशासकीय अधिकृत जयनन्द जैशीले जानकारी दिनु भएको छ।

कोरोना संक्रमित महिला संगै अन्य ११ जना मानिसहरु पोखराबाट गौरीगंगा नगरपालिकाको राजिपुर सम्म विहीबार पुगेका थिए।

अर्घाखाँची बाट आएका एक १८ बर्षिय युवकमा पनि र्यापिड टेष्टका क्रममा बुधबार साँझ चेक जाँचका क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । तीं १८ बर्षीय युवक पनि मोहन्याल गाउँपालिका वडा ५ कटौजे निवासी हुन । उनि संगै २७ जना मानिसहरु अर्घाखाँचीबाट संगै एउटै साधनमा कैलाली पुगेका थिए । संक्रमण भेटिएका १८ बर्षिय युवा मात्रै सेती अस्पतालको आईसोलेसनमा उपचाररत रहेका छन् । तीं युवा अर्घाखाँचीबाट मंगलबार मात्रै कैलाली पुगेका थिए।

कैलाली जिल्लाको दुर्गम पहाडी मोहन्याल गाउँपालिकाको वडानम्बर ५को कटौजेमा मात्रै अहिले ३९ जना मानिसहरु क्वाईरेन्टाईनमा राखिएको छ ।
कोरोना संक्रमण पोजेटिभ देखिएकी तीं महिलालाई सेती प्रादेशिक अस्पताल धनगढी पुगाउने पहल भैरहेको पनि गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलले बताउनु भएको छ । मोहन्याल गाउापालिकाको कटौंजेबाट पूर्वपश्चिमा राजमार्ग सम्म आर्य पुग्न एम्बुलेन्सलाई २ घण्टा लाग्ने गर्दछ । भने साँझ सम्म धनगढी पुगाउन सकिने अध्यक्ष रावलले बताउनु भयो ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया