चलचित्र कलाकार संघको समन्वयमा नृत्यकारहरुलाइ राहत वितरण

इनेप्लिज २०७७ वैशाख ११ गते २१:०५ मा प्रकाशित

काठमाडौँ – विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ को कारणले मानब जिबन अस्त ब्यस्त बनेको छ । कोरोना भाइरसको संक्रमण बाट जोगिन महिनौं दिन देखि नेपालमा लकडाउनको आदेश जारि छ । यस महामारीको कारणले गर्दा दैनिक मजदुरी गरेर जिबनयापन गर्ने श्रमिकहरुको अबस्था गम्बिर बन्दै गएको अबस्थामा नेपाल चलचित्र कलाकार संघका अधक्ष्य रबिन्द्र खड्काको समन्वयमा तथा नेपाल शाकाहारी पार्टीको संयोजनमा नेपाल नृत्य संघका करिब ७० जना दैनिक जिबन यापनमा कठिनाइ भोगिरहेका पिडित, राहात बिहिन नृत्यकारहरुलाई अनामनगरमा राहत वितरण गरिएको छ । नेपाल नृत्य संघका कार्यबहाक अध्यक्ष जनक कार्कीको अनुरोधमा उक्त खाद्यान्न राहत वितरण गरिएको जानकारी नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले जानकारी गराएका छन् ।

नेपाल शाकाहारी पार्टीको अध्यक्ष राधेश्याम खड्का, चलचित्र बिकाश बोर्डका पुर्व सदस्य राजेन्द्र केसि(राजु) को सहयोगमा तथा जमिनकि अधक्ष्य बिध्या बज्राचार्य र कोषाध्यक्ष महात्मा पराजुली लगायतको सक्रियतामा उक्त राहत सामग्रीहरुलाई जुटाएर नृत्य कलाकार र प्राबिधिकहरुलाइ वितरण गरिएको थियो ।

राहत वितरण कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, कार्यकारी सदस्य गीता नेपाल, रामेश्वर बुर्लाकोटी, प्रेस सल्लाहकार सुर्य चन्द, पशुपति क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अधक्ष्य राधेश्याम लेकाली, संचारकर्मी रिता लिम्बु, नृत्य संघका पूर्व अध्यक्ष दिनेश पाख्रिन, सामाजसेवी भानु ढकालको उपस्थिति रहेको थियो ।

नेपाल चलचित्र कलाकार संघ चलचित्रकर्मीहरुको पेशागत संघ संगठन मध्य सबै भन्दा जेष्ठ संघ भएको कारण सम्पूर्ण विधामा काम गर्ने कलाकार तथा चलचित्रकर्मीहरुको हकहितमा नेतृत्वदायी भूमिका निर्बाह गर्दै आएको र उनीहरुको जस्तोसुकै समस्यामा समेत हातेमालो गर्दै सामाजिक कार्यमा उदारणीय नमुना पेश गर्दै आएको कुरा अध्यक्ष खड्का बताउछन । कोरोना भाइरस(कोभिड-१९) को महामारीमा सयौे कलाकारहरुलाइ राहत वितरण गर्दै उनीहरुको जिबन रक्षामा पहल गर्दै आएको नेपाल चलचित्र कलाकार संघले सहयोग कार्यक्रमलाइ निरन्तरता राख्ने जानकारी समेत खड्काले गराए ।

प्रतिक्रिया