आमा

विष्णु पगेनी सिग्देल, मेरिल्याण्ड, अमेरिका २०७७ वैशाख १० गते २०:२७ मा प्रकाशित

आमा तिम्रो महिमा, छ अपरम्पार
जप्दा तिम्रो नाम पनि, उज्यालो संसार ।।
जगतमा देवीको हो, आमा अर्को रुप
पूजा बिना यिनको फिक्का, लाग्छ ध्यान जप ।।

सन्तानकै खुसीमा रमाउने शक्ति
कस्तो तिम्रो त्याग आहा। कस्तो तिम्रो भक्ति
ममताकी खानी आमा, मायाकी हुन रूप
उनै पूजा, मन्दिर अनि, मुर्ति बत्ति धूप ।।

सदा ध्यान दिन्छिन उनी सन्तानकै माथी
रिसाउँछिन कहिले उनी, कहिले बन्छिन साथी ।।
रसाउँछन आँखाहरू सम्झदामा रुप
ज्ञानकी भण्डार उनी , विद्याकी स्वरूप ।।

सन्तानलाई राख्न खोज्छिन, आफ्नै वरिपरि
फेरि तिनै टाढा हुँदा रून्छिन घरिघरि ।।
मीठो गास पाक्दा होस् या, चाडवाड आउँदा
विचलित हुन्छिन नजिक, सन्तान नपाउँदा ।।

पृथ्वीमा कस्तो निश्चल, निष्कपट नाता यस्तो
न रोक्किने न त टुट्ने, निस्वार्थ माया कस्तो
संसारमा के होला र उनले दिने माया जस्तो
बनेको त्यो कहाँ होला र माया जोख्ने मेसिन त्यस्तो ।।

करुणा छ उनमा धेरै , दयाभाव भरिपूर्ण
दाग कतै देख्दिन म,सबैतिर परिपूर्ण । ।
कमै लाग्छन शब्दहरू वर्णन गर्न तिम्रो गुन
कसरी म सक्छु होला यो जुनीमा तिर्न रीन । ।

विष्णु पगेनी सिग्देल, मेरिल्याण्ड, अमेरिका ।।

प्रतिक्रिया