निराशहरुको आशाको गीत बोकेर आए विवेक ( भिडियो सहित )

इनेप्लिज २०७७ वैशाख ८ गते २१:०९ मा प्रकाशित

बिश्व अहिले लकडाउनमा छ । संसारभरका मान्छेहरु अहिले कोरना माथि विजय पाउन संघर्ष गरिरहेका छन । एकदिन सबै ठिकै हुनेछ भन्ने आशा लिएर मान्छेहरु बाचिरहेका छन । आश छ र त जिन्दगी छ आशै नभएको भए जिन्दगी कहाँ बाकी हुन्थ्यो र ।

कोरना कहर बिच गायक विवेक झाले आशाको गीत ‘भिड’ लिएर दर्शक स्रोता माझ आएका छन । अहिलेको अवस्थामा धेरै मान्छेहरु निराशामा जीवन बिताइरहेका छन । जीवन देखि थाकेका र हारेकाहरु आत्महत्या गर्न विवश छन । आत्माहत्यालाई थिम बनाएर प्रस्तुत गरिएको यस गीतमा गायक झाले वास्तवमा आत्महत्या अभिशाप हो , संघर्ष नै जिन्दगी हो , बाँचुन्जेल संघर्ष गर , समस्या अस्थायी हुन्छ , दुख सत्य हो , दिन पछि रात हुन्छ , रात पछि दिन हुन्छ त्यसैले हिम्मत नहार , मैदान नछोड भन्ने संदेश दिन खोजेका छन ।

गीतमा शब्द र संगीत विवेक झाको रहेको छ। गीतको संगीत संयोजन कोबिद बज्रले गरेका हुन् । स्वर, संगीत र कलाको उत्कृष्ट संयोजन रहेको म्यूजिक भिडियोमा निश्चल कार्की र अन्य कलाकारहरुको जिवन्त अभिनय देख्न सकिन्छ । यसअघि कमेडी भिडियोहरुमा प्राय देखिने निश्चलले आफ्नो मनछुने अभिनय बाट सबैको मन जितेका छन । उज्ज्वल जोशीले भिडियोलाई छायांकन र सम्पादन गरेका हुन् । रिजन थापाको कन्सेप्ट र निर्देशनमा भिडियो तयार भएको हो ।

मृत्यु सबै खाले होस तर आफैले आफैलाइ मार्नु नपरोस । जीवनमा आफू संग हार्नु जस्तो पीडा अरु केही हुन्न । मर्नु सरल छ जिउनु कठिन , यो दुनिया कुनै कायर व्यक्तिको लागि होइन । हिम्मत हुनेहरु नै जिउदा हुन्छन लड्छन र जिउछन भन्ने संदेश दिन निर्देशक थापा सफल भएका छन । ओएसआर डिजिटलको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। यस गीतलाई माया गरिदिन ‘भिड’ टिमले सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन ।

प्रतिक्रिया