तिमी छैनौ भएर यो जवानी के गर्नु “सुमन स्मारिका | गजल |

इनेप्लिज २०७७ वैशाख ६ गते १६:२८ मा प्रकाशित

*गजल*
“सुमन स्मारिका”

घरी घरी लाग्ने गर्छ जिन्दगानी के गर्नु
तिमी छैनौ भएर यो जवानी के गर्नु

न खान दिन्छ न भोक मेटाउँछ पेटको
छन त उसको पनि राहदानी के गर्नु

पोखिन देउ बगरले प्यास त मेट्ला थोरै
राखेर आँखामा यति धेरै पानी के गर्नु

गर्न त गरिन्छ नि रोज दुःखको कारोबार
हुँदैन अलिकति पनि आम्दानी के गर्नु

शंका पनि सहि ठाउँमा गर्न सक्नुपर्छ साहेब

फाइदा नहुने ठाउँमा गरेर लगानी के गर्नु

https://www.youtube.com/watch?v=LXxCLr5G-as&feature=emb_logo

प्रतिक्रिया