नयाँ वर्ष मनाएर रातकाे समय हामी छाेरालाई लिएर बेडरुम तर्फ लाग्याैं । सधैं छातीमै टाँसिएर सुत्न खाेज्ने १० बर्से छाेरा प्रसून आजकाल भिन्दै सुत्ने भएका छन् । छाेरा आफ्नो बेडमा गए । मेरी श्रीमती कृष्ण दाेजिया छिन् । उनले र मैले हल्का बेसार र कागती राखेकाे एक एक गिलास पानी पिएऊँ । मेन बेडरुमकाे पल्लाे छेउमा उनकाे बेड छ र वल्लाे छेउ मेराे । नदीका दुई किनारकाे उपमा राम्रै जँच्छ हाम्रो सामाजिक दूरी कायम गरिएकाे काेठाका लागी । उनी आफ्नो छेउ गइन् र निदाइन् । म ‘बैरागी काइँलाका संकलित कविता’ पढ्दै थिएँ । टेबलमा ल्याम्प उज्यालाे पाेख्न व्यस्त थिए । सायद मेरा आँखामा अक्षर चलमलाइरहेका थिए । कवि काइँलाका । घरका भित्ताहरू निस्तब्ध थिए । झ्याल खाेल्न पनि त्यति मन थिएन । बाहिरकाे समयलाई बाेलाउने जाँगर ममा त्यतिबिघ्न थिएन । घरका बाेक्राहरू आफै लक डाउनमा व्यस्त थिए । केही समय पश्चात् अचानक उनी खाेक्न थालिन् । उनमा चिसाेकाे एलर्जी र पिनास पनि भएकाले खानपानमा थाेरै गडबडी भएमा रुघाखाेकी लाग्ने भइरहन्छ ।
तर अहिले रुघाखाेकी देखि निकै डर लाग्ने गर्छ जाे काेहीलाई । बरु बन्दुक नै ताकेर आएकाे मान्छेले त्यति भयभीत पार्दैन हाेला । उनी फेरि खाेक्न थालिन्, रुघा पनि लागेकाे छ । शरीर पनि दु:खेकाे छ । त्यसमा पनि उनी हुनेवाला बच्चाकी आमा । उनी डर मिसाउँदै कराउन थालिन् । अनि उनी भन्छिन् मतिर नआउनुहाेस् । कस्ताे बिलौना हाे याे ? आफ्नै श्रीमतीलाई बिमार देखेर भाग्नु पर्ने ।
यस बखत बिलखबन्द हुँदै सम्झिनथालें, हामी काममा नगएकाे पनि झन्डै एक महिना हुन थाल्याे । आजभाेलि त हामी मान्छेमात्र कहाँ हाे र ढाेका पनि म बाहिर जान्न भन्छ र सिङ्गाे घर नै आग्लाे लगाएर घर भित्रै बस्न खाेज्छ जस्ताे पाे भान हुन्छ । आखिर माैका हेरेर घरवरिपरि साँझ टहलिने बेला पनि मास्क लगाएकै छाैं । सेनिटाइजर र वाइप्स त घरकाे द्वारमै राखेका छाैं दुईवटा ब्रान्डका ढाेकाकै दुईतिर ।
बाहिर जाँदा पनि हातमा दलेकै छाैं, कम्तीमा २० सेकेन्ड लगाएर हात धुने शैलीमा । बाहिरबाट घर आउँदा त झन डबल नै भयाे, सेनिटाइजर प्रयाेग गरेरमात्र ढाेकाबाट अगाडि बढ्ने त्यसपछि बाथरुम गएर कम्तीमा पनि साबुन पानीले हात, खुट्टा र अनुहार धुने, आ आफ्नाे सफा टावेलले पुछ्ने । बाहिर टाडै गएर आउँदा त यतिले पुग्ने कुरै छैन । गाडीबाट हातमा वाइप्स समाएर मात्र झर्ने। ढाेकाकाे ह्यान्डिल वाइप्सले मात्र समाउने । घर ढाेकाकाे नजिक रहेकाे सेनिटाइजर लगाउने र अन्त कतै नछाेई, राम्राे नजरसम्म नलगाई सरासर बाथरुम छिरेर गज्जब सँग कम्तीमा दुईपटक साबुन लगाएर नुहाउने अनि पुराना सबै कपडा धुने र नयाँ लगाउने । दिनहुँ एन्टिब्याक्टेरियल, एन्टिभाइरल वाइप्सले घरभित्रका रेलिङ, फ्रिजकाे ह्यान्डिल, सिङ्क लगायत बारबार छाेइने चीजबीज सबै पुछ्ने सफा गर्ने गरेकै छाैं ।
यत्तिकैमा म तल झरें, पानी तताउनका लागी। उही बेसार, कागती, अदुवा, ल्वाङ, मरिच, ज्वानो, सुकाएकाे तुलसीपत्र, जेठीमधु, पारिजातकाे फूल लगायत आफूसँग उपलब्ध कुराहरू प्रयाेग गरें । उनलाई पिउन लगाएँ । त्यसाे त हामी नियमित ३ देखि ४ गिलास यस्ताे पानी मात्र पिउने गर्छाैं । कडा हाेइन हल्का बनाएर ता कि शरीरमा धेरै गर्मी नबढाेस् ।
उनी थप डरमा देखिन्थिन् किनकि उनकाे पेटमा भविष्य पर्खेर बसेकाे निर्दाेष प्राणी दुई हात जाेडेर अज्ञात तपस्यामा लीन छ ।
हुन पनि हाे, हामी संसार भाेगेका बुझेका भनिएकाहरूकाे गल्तीबाट कति निहत्था बालप्राणीहरूकाे जीवन समाप्त भइरहेकाे छ र हुनेवाला छ । के हामी मानवता बुझ्छाैं ? के हामी जीवनवाद ठम्याउन सक्छाैं । हामी बुझ्ने प्राणी किन यति अबुझ र बहुलट्टी भएका ? मानव नै यस महामारीकाे बाहक, संचारक हाे भन्ने बुझ्दाबुझ्दै पनि सम्भव भएका सुरक्षाका उपायहरू अपनाउन हामी किन सकाेच मानिरहेका वा संवेदनशील नभएका ? अनि अति आवश्यकबाहेक सपिङ् मल र स्विमिङकाे बहानामा नदी वा समुन्द्र किनार किन धाउनु परेकाे ? पाटी, पिकनिक,समूह भ्रमण आदि इत्यादि किन गर्नु परेकाे ? हामीलाई त केही हुँदैन भन्ने भ्रमले गाँजेकाे ? साेच्न ढिला भैसकेकाे छ । मानव सभ्यता नै अप्ठ्याराेमा पर्दा समेत नउघ्रिने चेतना र विकासकाे पनि त के अर्थ हाेला र ? यसर्थमा याे समय सबै सुरक्षित र सचेत हुने समय हाे अन्यथा मानव इतिहासमाथि हामीले बज्रपात गर्ने छाैं ।
मेराे साेचाइले लगभग ब्रह्माण्ड परिक्रमा गर्न आटिरहेकाे बेलामा उनकाे दुःखाइकाे करकर फेरि सुनें । उनकाे नजिक हुन खाेजें तर उनी सजग छिन्, बुझकी र जिम्मेवार छिन् त्यसैले सम्झाइहाल्छिन् ‘सामाजिक दूरी ६ फिट’ । म अवाक हुन्छु र फेरि साेच्छु, ‘ अब म कसरी गैर जिम्मेवार हुन सक्छु ?’ म टाढै बसें अनि समयलाई नियाल्न थालें । के मानिस अप्राकृतिक भएकै हाे । के ऊ प्रकृतितर्फ फर्किनु पर्ने बेला आएकाे हाे ? खैर उसले अहिलेकाे महामारीबाट आफू, आफ्ना र संपूर्ण मानवजातिलाई जाेगाउन सचेत भने हुनै पर्ने छ । चेतना भया ।
साेचकाे के अाकार हुन्थ्याे र उसले मलाई हिजाेमात्र गएकाे ग्राेसरी सपिङकाे पूर्व स्मृतिमा लगेर छाडिदियाे । सपिङ जाँदा ग्लब्स लगाएकै हाे । सपिङकार्टलाई वाइप्सले सफा गरेकै हाे । स्टाेरभित्र भने अाफूले मात्र चाहेर सामाजिक दूरी कायम गर्न गाराे पर्ने रहेछ । अर्काे कुरा यत्रो विकसित र शिक्षित मुलुकमा पनि सामाजिक दूरी अपनाउने कुरा निकै फितलाे देखिन्थ्याे तर म त सचेत हुँदै दूरदूर हुने प्रयासमै थिएँ । मास्क तथा ग्लाेभ्स लगाउने कुरामा पनि अाधाभन्दा बढी मानिस बेवास्ताकै मजा लिएकाे भ्रममा देखिन्थे । यस विषयमा भनें म निकै गम्भीर बनें । मानिस धेरै बुझेका हुन् कि म नबुझ्ने हुँ । फेरि याे कुनै मजाककाे विषय पनि त रहेन, हाेइन । साथमा प्रत्येक ग्राेसरी लगायतका स्टाेरहरूमा सपिङ कार्टलाई सुरक्षित राख्ने र प्रयाेग गर्ने उपाय अवलम्बन गर्ने काममा गम्भीरता देखिएन । यस्तै मजाक र लापर्बाहीका कारण कति मानिसले ज्यान गुमाइरहेका छन् । अब अरू कतिले ज्यान गुमाउँदै जाने? मभित्र थुप्रै प्रश्नहरू अटेसमटेस भए । पहिलाे विकास ‘चेतना’मा हुन्छ भनेर मैले कतै पढेकाे र अहिले नै मैले देखेभागेकाे कुराले मेल खाइरहेकाे थिएन । अाखिर म ग्राेसरी गरेर घर फर्कें सधैं भिडियाे बेलकाे सूचना पाएपछि तुरुन्त दाैडिएर ढाेका खाेल्न अाउने छाेरा अब अाँउँदैनन् , उनले समयलाई बुझिसकेका छन् । लाग्छ ढाेका पनि अाफै लक डाउनमा छ । मैले ढाेका खाेलें हातमा नियमपूर्पक सेनिटाइजर लगाएँ र दूधलाई राम्राेसँग पानीले सफा गरेर फ्रिजमा राखिदिएँ र बाँकी सामान गाडीमै छाडिदिएँ, २४ घन्टापछि ल्याउने गरी ।
यसै क्रममा ग्लाेभ्स लगाएरै मेल चेक गरेर गाडीमै राखिदिएँ २४ घन्टाका लागि र नियमित बाथरुम छिरें स्नानका लागि ।
यसरी हिजाेकाे संझनामा डुबिरहेकाे मलाई उनकाे खाेकीर शरीर दुःखाइकाे करकरले फेरि तान्याे, मैले साेधें ‘अरू पानी पिउँछाै ?’ उनकाे उत्तर थियाे, ‘पुग्याे ।’ वास्तवमा म पनि अलिक घबराहटमा थिएँ । साँच्चिकै उनलाई बिमार लागेकै हाे त ? अनि त्याे गर्भमा रहेकाे बच्चा ? के हुन्छ उसलाई मसँग चित्तबुझ्दो जवाफ थिएन । फगत म हाे र हाेइनहाेलाका रूपमा अाउने प्रश्नहरूकाे महाजालमा फसेकाे थिएँ ।
फेरि सम्झें अाफ्नाे जागिर अनि कर्तव्यमा खटिएका डाक्टर, नर्स र कर्मचारीहरूलाई । आफू र आफ्नाे परिवारलाई सामान्य रुघा खाेकी लाग्दा मुटु नै कपाउने हामी साँच्चिकै डाक्टर भएर काेभिड-१९ संक्रमित बिरामीकाे उपचार आफ्नै हातले गर्नुपरे के हालत हुन्थ्याे हाेला । सबै सदस्यहरू संक्रमित भएकाे परिवारकाे त्याे परिस्थिति कस्ताे हाेला । परिवार सबै बिरामी तर आफन्तहरू चाहेर पनि सहयाेग गर्न नसक्ने उफ् !
यत्तिकैमा मैले हस्पिटलकाे वर्तमान अवस्था सम्झें । जहाँ बिरामी राख्न पर्याप्त ठाउँ नभए फर्किएर घरै बस्नुपर्छ । घर बस्नुपरे परिवारमा संक्रमणकाे डर । मलाई अर्काे गहन रूपमा जागिरहेकाे जिज्ञासा त थियाे नै, ‘सबै किसिमले सतर्क र सुरक्षित हुने कुरामा सकेजति प्रयास गर्दागर्दै उनी बिरामी हुन पुगिन् कसरी ?’
बिहान ७ बज्नै आटेकाे रहेछ । अचानक उनले ‘ताताे पानी लिनुस्’ भनेकाे आवाजले म निद्राबाट ब्युँझिएछु । बेलुका कहिले काहीं खाेक्ने उनले त्याे रात खाेकिदिनाले मेराे रात नै सपनामय बनेछ । तर सपना पनि सबै यथार्थमा पाे आधारित परेछ । मात्र फरक याे कि उनी बिरामी रहिनछिन्, क्वारेन्टाइनमा राख्नुपर्नेबिरामी जस्ती । पहिलेझैं सामान्य खाेकी गरेकी रहिछन् । म बन्दी भएर बसेकाे देश ‘आफ्नोपन अप’ भए पनि उनी लक डाउनमा मात्र रहिछन् । म अनायासै खुसी भएछु । सपना सुनाएँ । केही साेचिन् र उनी मुसुक्क हाँसिन् । म रातभरि निदाएछु तर बैरागी काँइलाले मलाई हेरिरहेका देखें पुस्तककै आखीझ्यालबाट । बत्ती पनि नसुति बसेछ रातभर, तर मलाई लागिरहेकाे थियाे, ‘समयलाई सन्चाे हुन बाँकी छ ।’
जगन्नाथ पाैडेल
– भर्जिनिया अमेरिका
प्रतिक्रिया