चुमेर फेरी किन छोड्यौ हात मेरो
दिएर बचन किन छोड्यौ साथ मेरो !
भन्थ्यौ आकाशको आभा हौ तिमी
भन्थ्यौ रातको जुन तारा हौ तिमी
फेरी आज किन यो जीवनको सन्नाटा
भन्थ्यौ पहाडको लालीगुराँस हौ तिमी
चुमेर फेरी किन छोड्यौ हात मेरो
दिएर बचन किन छोड्यौ साथ मेरो !!
सुन्थ्यौ हिर्दयको मेरो धड्कन तिमी
छुन्थ्यौ सुमसुम्याएर मेरो ओंठ तिमी
फेरी अचानक परिबर्तन आयो कसरि
भन्थ्यौ बिताईदिन्छु जीबनभर साथ तिमी
चुमेर फेरी किन छोड्यौ हात मेरो
दिएर बचन किन छोड्यौ साथ मेरो !!
बसन्त श्रेष्ठ
भर्जिनिया, अमेरिका
प्रतिक्रिया