प्रेमफूल

जगन्नाथ पाैडेल २०७६ चैत २७ गते २१:२३ मा प्रकाशित

उ… त्याे रूखमा

ढिकुर प्रेम फुल्छ

यताबाट आउछ ढिकुर

घरफूल उघ्रिन्छ

उताबाट आउछे ढिकुर्नी

चाराेफूल भित्रिन्छ

फूलैफूलकाे घरमा

दुई जाेडी बचेरा फक्रिन्छन्

कति रमाइलाे

तिनकाे हबाइ जहाज

आफ्नै पखेटामा

कति काेमल

तिनकाे घर

रूखकै अखेटामा

कति लजालु

तिनका नयन

गाँसिएका दुई चुच्चाहरूमा

कति घमाइला

तिनका दिन

आफ्नै आखामा

घर केलाई भन्नु

बस्नुलाई या अग्लिनुलाई

जीवन कहाँ देख्नु

पखेटा उड्नुमा या अहम्मा डुब्नुमा ।

तिमी अग्लिन मात्र खाेज्छाै

जीवन हाेचाे पार्छाै

तिमी भ्रम मात्र औढ़छौ

खुसी छाेटाे पार्छाै

तिम्राे ढिकुरकाे जस्ताे प्रेम छैन

त्यसैले तिमी प्रेमिल छैनाै

तिम्राे ढिकुरकाे जस्ताे घर छैन

त्यसैले तिमीमा प्रेमफूल फुल्दैन ।

जगन्नाथ पाैडेल

– हाल अमेरिका

प्रतिक्रिया