यो शहर कोरो वसेको छ,

सुशिल नेपाल २०७६ चैत २७ गते २१:०६ मा प्रकाशित

झोक्र्याएको, चुपचाप,न वोल्न सकेको,
न रून सकेको, न चिच्याउन नै सकेको,
यो शहर कोरोमा वसेको छ,!

वेदना देखाउन चांहदैन,
अत्यासले निस्सासिएको छ,
विस्मातले भरिएका छन यस्का आँखा
भर्खरै लाश सेलाएर आएको वटुक जस्तो
यो शहर कोरोमा वसेको छ,,
भोलीको भर रहेन,
तर,भोली हुने निश्चित छ,

कहां गए ती ऊर्जा ?
कहाँ गए ती मानिसहरू,?
उन्मुक्त वैश वोकेर,दंग परेर हिंडने,
त्यो मोनालिसा कहां गई?

ती गजेंडी,भंगेडी देखि
हार्वार्डका वुद्धिजिवी, एम आई टी का वैज्ञानिक
कता गए ?
कुना पसेर ज्ञानको वत्तिको स्वीच,
छामछाम,छुमछुम गरेर खोज्दै होलान ?
निदाउन नसेकेको,नून नखाएर सुस्त ,
वटुक जस्तो,
यो शहर कोरोमा वसेको छ,!

४/८/२०
राजमित्र प्रांगण,
माल्डेन,
म्यासाच्यूसेस्टस्
अमेरीका

प्रतिक्रिया