कोरोना भाइरस(कोभिड–१९) को टेष्टमा १०३ जनाको रिपोर्ट नेगेटिभ मनोज दाहाल

मनोज दाहाल २०७६ चैत २६ गते १९:२४ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,२६ चैत । प्रदेश नं. १ मा बुधवार साँझसम्म कोरोना भाइरस(कोभिड–१९) को ‘थ्रोट स्वाब’ टेष्टमा १०३ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

प्रदेश १ मा हालसम्म १४५ जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाएकोमा १०३ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश नं १ कोरोना सूचना डेस्कले जनाएको छ। परीक्षणका लागि पठाएको स्वाबमध्ये २९ महिला रहेका छन् ।

प्रदेशमा मङ्गलवारसम्म विभिन्न स्थान गरी २५४ क्वारेन्टाइनमा ४ हजार १४८ शैय्या रहेको छ भने आइसोलेसन बेडको संख्या ४ सय ३२ छ ।

यसैगरी आजसम्म तीन हजार ३१ जना क्वारेन्टाइमा वसेका छन भने आइसोलेसनमा बस्नेको संख्या १० रहेको छ । आइसोलेसनबाट आजसम्म आठ महिला सहित २२ जना तथा क्वारेन्टाइनबाट ३२ जना डिस्चार्ज भएका छन् । प्रदेश सरकारले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा दिई प्रदेशमा निर्माण गरिएका आइसोलेसन स्थलको मापदण्डमा कडाईका साथ पालना गर्ने कार्य शुरु गरेको ।

मोरङको सुन्दरहरैंचा नगरपालिकामा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निर्माण गरिएको ९ बटा आइसोलेसन मापदण्ड बमोजिम नभएकोले घटाएको छ । पालिकाहरुमा निर्माण भएको आइसोलेसन स्थल र शैय्याको विषयमा सरकारले मापदण्ड अनुसार अनुगमन कार्य शुरु गरेको सूचना डेस्कले जनाएको छ ।
प्रदेश ‘कोरोना जनसुरक्षा कोष’मा रु १२ करोड ३७ लाख जम्मा प्रदेश नं १ को सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा वुधबार थप रु.३० लाख ५५ हजार ५५५ जम्मा भएको छ । कोरोना जनसुरक्षा कोषमा अव १२ करोड ३६ लाख ९५ हजार ९८४ जम्मा भएको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई भाटभटेनी सुपर मार्केट विराटनगरका प्रवन्धक सरिता राईले रु २५ लाखको चेक आज प्रदान गर्नु भयो ।

त्यस्तै जिल्ला सहकारी संघ लिमिटेड मोरङले रु ५ लाख ५५ हजार ५५५ हस्तान्तरण गरेको छ ।

प्रदेश सरकारको कोषमा रकम दाखिला गर्दा गर्नेको नाम, ठेगाना स्पष्ट उल्लेख गरी बैंक दाखिला गरेको आवश्यक विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई इमेल गरी पठाउन आग्रह गरेको छ । राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

कोषमा बैंक, संघसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग गर्ने क्रम जारी रहेको छ ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया