भारततर्फवाट कोरोना संक्रमण फैलिन नदिन सीमाभरी २ हजार २ सय सशस्त्र प्रहरी परिचालित

टंक पन्त २०७६ चैत २५ गते १:४३ मा प्रकाशित


बुटवल । भारततर्फवाट कोही पनि कोरोना भाइरस संक्रमित व्यक्तिहरु नेपाल प्रवेश गरेर कोरोना संक्रमण फैलाउन नपाउन भन्ने उदेश्यले नेपाल र भारतवीचमा रहेका सबै खुला सीमानामा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।

सशस्त्र प्रहरीको परिचालन गरिएपछि भारतबाट लुकिछिपी नेपाल प्रबेश गर्ने कार्य पूर्ण रुपमा बन्द भएको छ । प्रमुख नाकाहरु वन्द गर्दा पनि अन्यत्रका खुल्ला सीमानावाट मानिसहरु प्रवेश गर्ने क्रम नरोएिकपछि सशस्त्र प्रहरी परिचालन गरिएको हो र अहिले सशस्त्र प्रहरीहरुलाई एकले अर्कोलाई देख्ने गरी फर्मेशनमा राखिएको छ ।

नेपाल र भारतको वीचमा अहिले २ हजार २ सय ८० जना सशस्त्र प्रहरीहरु परिचालित भएका छन् र उनीहरुको निम्ति ड्युटी स्थलमा नै टेण्ट टांगेर खाने, वस्ने र आराम गर्ने सम्पूर्ण सुविधाहरु उपलव्ध गराइएको छ । पालैपालो प्रणाली अन्तर्गत २४ सै घण्टा प्रहरीहरु ड्यूटीमा खटिएका छन । सरकारले घोषणा गरेको लकडाउनलाई पूर्ण रुपमा सफल वनाउन नेपाली सेनालाई पनि सवारी गस्तीमा उतारिएको छ तर उनीहरुले स्थल गस्ती भने गरेका छैनन् ।

नेपाल भारतवीचमा रोटीवेटीको सम्वन्ध भएकोले पनि धेरै मानिसहरुको घर वा ससुराल सीमा पारी हुनु सामान्य जस्तै थियो र कतिपय स्थानमा त दिसापिसाव गर्न पनि सीमा पारी जाने अवस्था रहेको थियो तर सशस्त्र प्रहरीको परिचालन पछि कोही पनि सीमा वारीपारी गर्न पाएका छैनन्, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भन्नुभयो ।

स्मरणीय छ, कोरोना संक्रमणको जोखिम बढेपछि सीमानाका बिभिन्न ठाउबाट २ लाख बढी मानिस नेपाल प्रबेश गरेको अनुमान गरिए पनि स्थानीय सरकारको रेकर्डमा भने जम्मा ६० हजार मात्र रहेको छ ।

बाहिरबाट नेपाल प्रबेश गरेका सबैजनाको परीक्षण हुन बांकी रहेको र परीक्षण भएका केहीको रिपोर्ट पनि आउन बाकी रहेको अबस्था छ । संसारभर कोरोना संक्रमण अझै तीव्र रुपमा वढिरहेकोले नेपाल सरकारले लकडाउनलाई अझ एक हप्ता लम्व्याएको छ र सरकारको लकडाउनलाई प्रभावकारी वनाउन सीमा सुरक्षालाई अझ सवल वनाइएको छ ।

सरकारले चैत्र ११ देखि लागु गरिएको गरिएको लकडाउन चैत्र २५ गते राति सम्म लकडाउनको घोषणा गरेको थियो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन बढाउनुको बिकल्प नभएको र लकडाउन बाध्यता भएको सरकारले जनाएको छ । लकडाउनले देशको अर्थतन्त्र देखि सबै अस्तब्यस्त बनाएको भएपनि सरकारले घोषणा गरेको लकडाउनलाई आम नागरिकले पुर्ण रुपमा पालना गरेका छन ।

प्रतिक्रिया