केकी अधिकारीको अभिनयमा माया पुनको ‘नेपालकी छोरी’ (भिडियो सहित)

इनेप्लिज २०७६ चैत २४ गते २२:२१ मा प्रकाशित

माया पुनको आवाजमा नयाँ गीत नेपालकी छोरी सार्वजनिक भएको छ । बिशेषत पुनहिलको परिचय झल्कने शब्द र संगीत रहको उक्त गीतमा नायीका केकी अधिकारीको अभिनय रहेको छ भने उनलाई अनिल अधिकारी र सुमिन गुरुङले साथ दिएका छन् । जंगबहादुर पुनको शब्द र अर्जुन पोखरेलको संगीतमा तयार भएको गीत ड्रिम्स स्टुडियोले तयार पारेको हो ।

पोखराको बिभिन्न रमणिय स्थलमा छायंकन गरिएको गीतले राष्ट्रिय भाव प्रस्तुत गरेको गायीका माया पुन बताउँछिन् । शब्द रचना गर्ने जंगबहादुर पुनका अनुसार पर्यटकीय स्थल पुनहिलको परिचय दिने खालका शब्द र भिडियो पनि त्यही अनुसार निर्माण गरिएको बताए । भिडियोमा सरोज अधिकारीको छायंकन, टेकेन्द्र शाहको रंग संयोजन, प्रिती गुरुङको नृत्य निर्देशन रहको गीतको निर्देशक तथा सम्पादक सुवास अम्गाई रहेका छन् । साथी क्रियशनले भिडियो निर्माण गरेको हो ।

प्रतिक्रिया