लकडाउन आजकल जो छ

शशी केसी २०७६ चैत २० गते ०:३१ मा प्रकाशित

 

सदा झैं आजपनि एक चक्कर टोल घुमेर ॲाए

पल्ला घरकी मेरी फुल गोड्दै रहिछन्

उनले परैबाट हाइ भनिन, मैलेपनि तेसै गरें

फुल राम्रो फुले छ भन्दै म आफ्नो बाटो लागे

कुनैबेला धेरैबेर गफ गरेर बस्ने म

खै टाढा टाढा छिटो छिटो लागें।

कस्तो समय यो जो आयो! एक आपससंग तर्कनु पर्ने

अलि पर हिंडदै थिॅंए परबाट छिमेकीको कुकुर खुशीले पुच्छर हल्लाउॅंदै आयो, अरूबेला सॅंधै मुसार्न जाने म तेसलाई

टाढैबाट हेलो भने, उसको आमाले मेरो सट्टा मुसारी दिई, उ कुईं कुईं गर्दै अचम्म मान्दै हेरि रहयो रहयो!

कस्तो समय यो जो आयो! एकआपससंग तर्कनु पर्ने

अलि पर पुगें परबाट एकजना कुदै आयो, उ नजिक नआउॅंदै म पर घाॅंस तिर तर्कें, उपनि सडक तिर तर्क्यो,ओहो कति दुरी बढेको, मान्छेभेट्दा तर्कि तर्कि हिॅंडन पर्ने,

अलि परबाट मुखमा मास्क लाएर आउॅंदै थिइन जेनी लठ्ठी टेकेर,

पर पर बाटै हाई, स्टे सेफ भन्दै हामी आ-आफ्नो बाटो लाग्यौं

कस्तो समय यो जो आयो! एक आपससंग तर्कनु पर्ने

सबै भन्दा दुख त भारतिय मुलकी छिमेकी साथीको घर निर पुग्दा लाग्यो, फोन गरें,घरै रहिछ! जानुपनि कहाॅं र लकडाउन भएको बेला, उढोकाबाट बोल्ने, म छु तल सडकमा

अरूबेला सॅंधै कर गरि भित्र बोलाउने ,चिया पिउन गएको म मिठो मिठो पराठ्ठा लन्च खाएर फर्कने,

आज त गज्जबै भो, हामी पर पर बाट कुरा गरि रहयौं

न उसले भित्र आईज भन्न सकि न मैले भित्रै आएर कुरा गर्छु भन्न सकें!

कस्तो समय यो जो आयो! एक आपसमा तर्कनु पर्ने

शशी केसी

प्रतिक्रिया