यसरी कसरी कतिन्जेल जीवन जिउने हो

शुसिल निरौला,अमेरिका २०७६ चैत १७ गते १६:०२ मा प्रकाशित

मायाको स्टक पनि सकिने भो !
प्रियेको गालीको स्टक पनि रित्तिने भो !
राशनको स्टकले पनि नपुग्ने भो !
कोरोना कान्छीको विश्व भ्रमण पनि नरोकीने भो !
यसरी कसरी कतिन्जेल जीवन जिउने हो !

न कसैकोमा चिया खादै गफ लड़ाउन जान भो !
न कसैलाई चिया खान बोलाउन नै सकिने भो !
फ़ेसटाईम र मेसेन्जरमा कतिन्जेल झुन्डिने हो !
YouTube मा अब हेर्न नै के बाँकी भो !
यसरी कसरी कतिन्जेल जीवन जिउने हो !

कामै जान छोडेको पनि दुईहप्ता नै भो !
अर्को हप्तावाट खातामा पैसा जम्मा हुन पनि रोकिने भो !
बैक मौज्दात घटन थालेपछि चिन्ता पनि बढ़ने नै भो !
ट्रम्प अंकलले पठाईदिने चेक आयो की भनेर मेलवक्स हेर्दै हैरान भो !
यसरी कसरी कतिन्जेल जीवन जिउने हो !

प्रतिक्रिया