मोडेल अस्पतालको कोरोनाका शंकास्पद विरामीहरुलाई सेवा

इनेप्लिज २०७६ चैत १६ गते १०:५६ मा प्रकाशित


काठमाडौं । भृकुटीमण्डप र कीर्तिपुरमा रहेको मोडेल अस्पतालले देश संकटमा परेको समयलाई ध्यानमा राखेर आफनो सेवालाई थप बिस्तार गरेको छ ।
केही निजी अस्पतालले सरकारलाई असहयोग गरिराखेको अवस्थामा पनि मोडल अस्पतालले जिम्मेवारीपूर्वक कोरोना भाइरसको लक्षण भएका ज्वरो आएका र खोकी लागेका लगायतका हरेक समस्या लिएर अस्पताल जाने बिरामीहरुको उपचार र परिक्षण गर्ने गरेको छ । बिशेष परिक्षण सेवा भनेर मोडेल अस्पतालले बिशेष उपचार सेवा प्रदान गरिरहेको सो अस्पतालकी चिकित्सक डा.पुजा लामाले जानकारी गराउनुभएको छ ।
डा. पुजाका अनुसार कीर्तिपुर अस्पताल, कीर्तिपुर नगरपालिका र त्रिभुवन बिश्वविद्यालयको सहकार्यमा त्रिभुवन बिश्वविद्यालय कीर्तिपुरलाई आइसोलेशन वार्डका रुपमा तयार गरेको छ । त्यसका लागि स्वास्थ्यकर्मी ,स्वास्थ्य उपकरण लगायत सबै ब्यबस्था मोडेल अस्पताल र सोही अन्तर्गत रहेको कीर्तिपुर अस्पतालले ब्यबस्था गरेको छ ।
सो अस्पतालले फोन कन्सल्टेशनको पनि ब्यबस्था गरेको छ । जुनसुकै समस्या परेपनि फोनबाट सल्लाह दिने र आबश्यक परेकालाई अस्पतालमा पठाउने कार्य समेत फोन कन्सल्टेशनबाट दिइने गरेको डा. पुजाले बताउनुभएको छ । स्मरणीय छ, सामुदायिक अस्पतालको रुपमा रहेको मोडेल अस्पतालमा अन्य निजी अस्पतालभन्दा कम मुल्यमा उच्चस्तरीय उपचार हुने गरेको छ ।

प्रतिक्रिया