नेपालमा थप दुइ हप्ता लकडाउन जारी राख्न उच्चस्तरीय समितिको प्रस्ताव, आजै मन्त्रिपरिषद्ले निर्णय गर्दै

टंक पन्त २०७६ चैत १६ गते १०:४० मा प्रकाशित

काठमाडौ । नेपालमा कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले चैत्र १८ गतेसम्मका लागि गरेको लकडाउनको समयलाई बढाइने भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको समय १४ दिन थप गर्ने प्रस्ताब गरेकोले आजै वस्ने मन्त्रिपरिषद् वैठकले यसलाई अन्तिम रुप दिने छ ।सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध दुई साता थप्ने भएको छ। यसअघि सरकारले चैत ९ देखि १८ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो।

परिक्षण भएका कतिपयको रिपोर्ट पनि आउन बाकी रहेको एवं छिमेकी मुलुक भारतमा लकडाउनको समय बढेको जस्ता कुरालाई बिश्लेषण गरी सरकाले लकडाउनको समय बढाउने निर्णय गर्नेछ ।

उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोख्रेलको संयोजकत्वमा गठित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले गरेको परिस्थितिको नियमित बिश्लेषण गरेको आधारमा मन्त्रिपरिषदको आजै बस्ने बैठकले लकडाउनको समय बढाउनुका साथै दैनिक ज्यालादारी र बिपन्न परिबारका लागि आर्थिक प्याकेज सहित सहयोगको घोषणा गर्ने भएको छ ।

सरकारले जीबनको पर्बाह नगरी अहोरात्र आफनो ड्यूटीमा खटिएका चिकित्सक , स्वाथ्यकर्मी , सुरक्षानिकायका लागि पनि सरकारले थप सुबिधा दिने निर्णय समितिले गरेको छ । नेपालमा हालसम्म ५ जनामा मात्र कोरोना भाइरसको सक्रमण देखिएको छ भने करीब एक जनालाई परीक्षण गरिएको छ ।

अहिले सम्म नेपालमा संक्रमित भएका बिदेशबाट स्वदेश आएका मध्ये मात्रै छन तर उनीहरु नेपाल आइसकेपछि को को संग भेट गरे उनीहरु कति जना परिबार वा नातेदारसंग सम्पर्कमा पुगे तिनीहरुको अबस्थाको बारेमा जानकारी हुन सकेको छैन तर सरकारका बिभिन्न निकायबाट खोजी गर्ने कार्य भने भैरहेको छ । सम्पर्कमा रहेकाहरु मध्ये केही सम्पर्कमा आएको र उनीहरुको पनि परिक्षण भएको भएपनि रिपोर्ट आउन बाकी नै रहेको छ ।

प्रतिक्रिया