फुर्ती नगर मान्छेहरू

रामप्रसाद खनाल २०७६ चैत १५ गते २२:३५ मा प्रकाशित

एउटा सानो पाजी भाइरस
जसलाई हेर्न माइक्रोस्कोप चाहिन्छ
त्यस्तो फिस्टे भाइरसले
संसार हावा कावा पार्न सक्ने
छिन भरमै मान्छे खार्न सक्ने
जो कसैलाई पनि
कुनै पनि बेला मार्न सक्ने
मै हुँ भन्नेलाई गलाउन सक्ने
थाहै नदिएर थलाउन सक्ने
राजा, युवराज नभन्ने
प्रधानमन्त्री, नेता, कसैलाई नगन्ने
उ,
आज संसार छाएको छ
प्राथमिकता पाएको छ
हामी मान्छे,
ठुला भएर के नापियो ?
देख्न सक्ने भएर के नापियो ?
आखिर मन्दिर, मस्जिद र चर्चहरूमा
घुँडा टेकेर प्रार्थना गर्नै पर्ने रहेछ !
त्यसैले फुर्ती नगर मान्छेहरू !
घमन्ड नगर तिम्रो पद, पैसो र शक्तिमा
किनकि नदेखिने भाइरस
तिमी भन्दा कयौँ गुणा शक्तिशाली रहेछ
छिन भरमै तिमीलाई उडाउन सक्दो रहेछ
तिम्रो धन दौलतले भरिपूर्ण सहरबाट
तिमीलाईनै आतङ्कित बनाउँदै
तिमीलेनै उजाड बनाएका
ती गाउँ घर र बस्तीहरूमा
कुँदाउन सक्ने रहेछ ।
हेर त त्यो नदेखिने भाइरस,
तिमी भन्दा कति शक्तिशाली रहेछ !
त्यसैले छोडिदेऊ तिम्रो र मेरो भनेर मरीहत्ते गर्न
तोडिदेऊ तिम्रा घमन्ड र आशक्तिहरू
किन कि,
तिमी नदेखिने भाइरस भन्दा पनि कमजोर छौ।
कति हो कति कमजोर छौ
फुर्ती गर्दै नगर
घमन्ड गर्दै नगर
मर्दिन भन्ने भ्रममा पर्दै नपर !
बरु सक्छौ भन्ने पुण्य काम गर
असल बन्ने प्रयास गर ।

– रामप्रसाद खनाल, भर्जिनिया अमेरिका, मार्च २८, २०२०

Related news links:

अमेरिका कोरोना भाइरस प्रभावितमा पनि नम्बर वान देश, एक लाख पाँच हजार जनामा कोरोना भाइरस सङ्क्रमण, एक हजार सात सय आठको ज्यान गयो ।!

कोरोना महामारीकै अर्को युद्ध मैदान अमेरिकाबाट नेपाल र नेपालीहरुको नाममा !

कोरोना भाईरसको आतंक छ, घर मै बन्धक भएका बेला गीत संगीत सुन्नुस, हेर्नुस । गीत संगीत पनि आफैमा एक प्रकारको मलम हो भन्छन !

गीतहरु शुरु गर्नुभन्दा पहिला म र मेरी श्रीमती दुबै तपाईं हामी सबैको सुस्वास्थ्यका लागि, कोरोना भाईरस आतंकको अन्त्यका लागि भगवान सँग प्रार्थना गर्दछौं  

                                FOR MORE SONGS AND VIDEOS PLEASE CLICK THIS LINK BELOW:
HTTPS://WWW.YOUTUBE.COM/USER/RAMPDKHANAL/VIDEOS?VIEW=0&SORT=P&FLOW=GRID&VIEW_AS=SUBSCRIBER

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया