अधूरा कविताहरू

गोविन्द गिरी प्रेरणा २०७६ चैत १५ गते १०:३२ मा प्रकाशित

सम्भवत: सबैजसो लेखक कविले भोग्ने साझा भोगाई हो, रचना अधूरो हुनु । लेख्न थाल्दा थाल्दै विविध परिस्थितिका कारण रचनाअधूरा रहन्छन् । तिनलाई न फ्याॅंक्न हिम्मत हुन्छ न पूरा नै गर्न सकिन्छ ।

मेरा पनि अधूरा रचनाहरू प्रशस्त छन् । कुनै कविता, कुनै गीत, कुनै कथा, कुनै निबन्ध, कुनै उपन्यास , कुनै नाटक – भनौं हरेक जसो मैलेलेख्ने बिधाका अधूरा रचनाहरू मेरो काठमाडौंको नीजि पुस्तकायलको दराजका फाइलमा छन् , अमेरिकामा पनि प्रसस्त छन् ।

आजकाल सामान्यतया म सोझै कम्प्यूटरमै लेख्छु , मोवाइलमा लेख्छु । यिनमा पनि विशेष गरी अधूरा कविताहरू छन् । कतिका शिर्षकछन् त कतिका केही हरफ भावनाहरू( Feelings) मात्र छन्।

आज मैले मोवाइलमा यी अधूरा रचनाहरू आफैंले पढ्दा कताकता तिनमाथि अन्याय भएको महशूस भयो । यिनलाई पूर्णता दिननपाएकाले यी पाठक समक्ष पुग्न पाएनन् । अनि मनमा लाग्यो, जे जस्तो अधूरा अवस्थामा छन् , किन त्यसलाई त्यसै रूपमा प्रस्तुतनगर्ने ?

फेरि मनमा आयो, गोविन्दको कविता लेख्न् शक्ति समाप्त भएछन् न अधूरा कविताको कनिका जम्मा गर्न लागेछ भन्ने हुन्नकि ? तर लगत्तैसोचें सकारात्मक सोच्नेले सकारात्मक सोच्लान्, नकारात्मक सोच्नेले नकारात्मक । त्यसले के फरक पर्छ र। आफ्नो लेखकीयजीवनको ४२ बर्षमा यो कुनै नौलो कुरा होइन र यसलाई वास्ता गर्नु बेकार हो ।

प्रस्तुत छन् मेरा केही अधूरा कविताहरू:

१, यो रातको कथामा

यो रातको कथामा घामको उज्यालो छैन

टुकी निभेको धेरै भो गाउॅंमा मट्टीतेल छैन

(२६ फरवरी २०२०)

२, तिमी निदाएपछि

तिमी निदाएपछि

म विउॅंतिएं ।

(३१ जनवरी २०२०)

३, तिमी

तिमी थियौ र पो भेट्न आएं

मनको तिर्सना मेट्न आएं

२७ जनवरी २०२०)

४,बन्द स्कूलको ढोका भित्र

बन्द स्कूलको कोठामा

छुटेछ ज्ञान !

शिक्षकहरू

विद्यार्थीहरू

सबै पुगे घरघर

तर उनीहरू कसैसॅंग थिएन ज्ञान ।

(१३ जनवरी २०२०)

५, तिनीहरू हाॅंस्नै जन्मेका हुन्

तिनीहरू हाॅंस्नै जन्मेका हुन्

हाॅंसिरहन्छन्

कस्को के लाग्छ ।

हिजो सडकमा लास हुन्थ्यो

तिनीहरू हाॅंसेकै थिए

आज सडकमा

क्रन्दन छ

आंसु छ

तिनीहरू कतै छन्

हाॅंसिरहेकै होलान्

रोएको त सुनिएको छैन।

(३ जनवरी २०२०)

६, यो सन्नाटामा सुनिरहेछु

म यौटा आवाज

यौटा चित्कार

(३० डिसेम्वर २०१९)

७, अव रात भो

अव रात भो जाउ तिमी

(१८ डिसेम्बर २०१९)

८, तिम्रो हाम्रो सम्वन्धको कहानी

तिम्रो हाम्रो सम्वन्धको कहानी

वजारमा छ्यापछ्याप्ती भयो

(२४ अक्टोवर २०१९)

९, मेरो सपनाको फूलबारिमा आँधीहुरी कहाँ बाट आयो

हज़ारौं बर्सका मेरा सपनाहरु धुलो पीठो बनाई कहाँ कहाँ पुर्यायो

(१३ अक्टोवर २०१९)

१०, गीत

रिय तिमी मेरो नाममा लौ न मरिदेउ

वोटवाट फूल झैं भुईंमा झरिदेउ

वाँचिदिउँला साँचीकन तिम्रो सम्झनालाई

हाँसिदिउँला सोचिकन तिम्रो प्यारलाई

प्रिय तिमी जीवनवाट लौ न झरिदेउ

जिन्दगीलाई वारी छोडी पारी तरिदेउ

(१७ अगस्त २०१९)

११, मृत्युले बोलाएपछि

मृत्युले वोलाएपछि

अरूले वोलाएको सुनिंदैन।

(२५ डिसेम्बर २०१८)

१२, मेरो मृत्यु

मेरो मृत्यु नजिकै छ साथमा

प्रकट नभएको मात्रै हो ।

(३० नोभेम्बर २०१८)

२८ मार्च २०२०

बृन्दावन, भारत ।

प्रतिक्रिया