अघोषित समयमा
सृष्टिको चाहना बिपरित
बिना नियम र बिना शंखनाद नै
बिजयी र बिकसित शहरलाई
युद्ध स्थल रोजेर
भाईरस रुपी सुष्म अनि क्रुर क्षेप्यास्त्रको
मनुष्य माथी निशानीका साथ
आन्तरिक र कठोर
यो भिषण आक्रमण ।
कर्म, कर्तब्यसंगै जीवनको गोरेटोमा
लम्कन्दै गरेका फूल झैँ निर्मल
जिन्दगीलाई आँखी बनाई
निशाना लगाई
शुरु भएको यो एक तर्फी युद्ध
जितेको भ्रमले हैकमका साथ
मृत्यु लाई नै अधिकरण गरुलां झैँ
संसार भर फैलंदै छ पापिष्ठ र
ढाक्दैछ घर, गाउँ, बस्ती
अनि सुन्दर शहरहरुका जिवनीहरु ।
यी निर्दोष, निष्कलंकित र सत्यका
योद्धाहरु पनि तयारी बिना नै
सेवा, धर्म र मानवताको कवच लगाई
कर्म, प्रेम, सद्धभाव र समर्पणको
हतियार बोकेर युद्धमा होमीएका छन्
र
हर क्षेत्रबाट सक्दो प्रयासका साथ
जाइलाग्दैछन् बिधम्सकारी
अनि प्रलयकारी
कोरोना भाइरसको बिरुद्धमा ।
संसार बिजय गर्न सक्ने
क्षण भर मै संसार खतम वा सुन्दर पार्ने
शिप र क्षमताले भरिपूर्ण मनुष्यलाई
चन्द्रमा र अरु ग्रह नक्षेत्र समेत ढाक्ने
मानव अस्तित्वलाई चुनौती दिंदै
बिन्दुभरको अदृश्य कणको जीवले
रात नभनी दिन नभनी
गर्दै छ ताण्डव नृत्य,
जीत्दैछ यो भैंयकरको लडाई
र निरन्तर कोपर्दैछ सकुशल शरीरहरु,
टोक्दैछ मानव हृदय का पत्रपत्र
अनि
तिनैका आँशुले सिञ्चित हुँदै
रगतले तिर्खा मेटाउँदै छ
र बिना भेद भाव
पार्दैछ यत्रतत्र मृत्युको बिस्कुन
यो बिश्व रुपी युद्ध मैदान भरी,
आधुनिक र बिकशित यो कुरुक्षेत्रमा ।
तर निडर, साहाशी, कर्तब्यनिष्ठ,
जागृत र परिश्रमले
बिज्ञान र बिकासलाई दुई पांग्रा बनाई
मानव धर्म र मानव कर्मको रथबाट
संसार भरी कै सेता बस्त्र धारी
सैनिकहरु आफु र आफ्नालाई चटक्क भुल्दै
स्वार्थ भन्दा माथी हुँदै
शिप, शिक्षा र बिबेकको हतियारका साथ
सेवा र समाजको लागी
भिड्दै छन् यो बिश्व रुपी युद्ध स्थलमा
बिजयी हुने अभिलाषा बोकेर
लड़दैछन् विनासकारी भाइरस रुपी जीवलाई
परास्थ र निर्मूल पार्ने अभियानले
सम्पूर्ण मानव समुदाय
एकसाथमा भएर युद्ध चर्किंदै छ ।
खनिंदैछन् आफ्ना चमत्कारी प्रयासले
सुष्म तर प्रलयकारी झिनो जीव माथी
मानवताको बिजयी झण्डा फरफराउकै लागी,
हो युद्ध जारी छ !
प्रतिक्रिया