नेपालका अधिकांस दैनिक तथा साप्ताहिक प्रकाशनहरुको स्थगन

टंक पन्त २०७६ चैत १४ गते २:४८ मा प्रकाशित


काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई नेपालमा फैलिन नदिन सरकाले लगाएको लकडाउनका कारण नेपालका प्रमुख राष्ट्रिय दैनिकहरु केहीदिनका लागि वन्द भएका छन् ।

नेपालको निजी क्षेत्रको पुरानो प्रकाशन गृह कामना प्रकाशन समुहको नेपाल समाचारपत्र यसअघिनै वन्द भइसकेको छ भने कान्तिपूर र काठमाडौं पोष्ट भोलीवाट प्रकाशन नहुने भएका छन् ।

२०४९ सालमा स्थापना भएयता कान्तिपुर समुहका प्रकाशनहरु निरन्तर प्रकाशन हुँदै आएको थिए ।

कान्तिपुरका अध्यक्ष एवं प्रवन्ध निर्देशक कैलाश सिरोहियाले आज विशेष प्रकाशकीय मार्फत आज कान्तिपुर, द काठमाडौ पोष्ट, साप्ताहिक, नेपाल र नारीको मुद्रण केहीदिनका लागि रोकिने जानकारी दिनुभएको हो ।

नेपालका साप्ताहिक पत्रिकाहरुले यसअघिनै लकडाउन कायम हुंदासम्म प्रकाशन वन्द गर्ने जानकारी गराइसकेका छन् । निजी क्षेत्रका पत्रिकाहरु लगातार स्थगन भएपनि सरकारी सञ्चार माध्यम गोरखापत्र र द राइजिड नेपाल भने यथावत प्रकाशनमा रहने भएका छन् ।

आफ्ना सहकर्मीको संवेदनशील अवस्था, आम नागरिकको मनोभावना र राज्यको आह्वान– यी तीनवटै कुरालाई दृष्टिगत गर्दै हामी एउटा कठोर तर अत्यावश्यक निर्णयमा पुगेका छौं, कान्तिपुरका अध्यक्ष एवम् प्रवन्ध निर्देशक सिरोहियाले भन्नुभएको छ ।

प्रतिक्रिया