महानगरले आफ्नै प्रयोगशालामा तयार गरेको डिस्फेक्सन(किटाणु शोधन) स्प्रे अभियान शुरु

मनोज दाहाल २०७६ चैत १३ गते १०:१८ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,१३ चैत । विराटनगर महानगरपालिकाले नगरक्षेत्रमा कोरोना भाइरस(कोभिड–१९)को सङ्क्रमण नियन्त्रणका लागि डिस्फेक्सन स्प्रे( निर्मलीकरण) अभियान शुरु गरेको छ ।

महानगरले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आफ्नै जनशक्ति र प्रयोगशालामा सोडिएम हाइपो क्लोराइड लगायत विभिन्न रसायनबाट उक्त स्प्रे तयार गरेको हो । विराटनगर भन्सार क्षेत्र रानीमा आज निर्मलीकरण अभियान सञ्चालन गरिएको छ । महानगरपालिका डिस्फेक्सन स्प्रे(निर्मलीकरण) अभियान अन्तर्गत महानरपालिकाको कार्यालय,प्रदेश अस्पताल(कोशी),वडा नं १९ मा रहेको जनस्वास्थ्य कार्यालयमा बुधवार निर्मलीकरण सञ्चालन गरिएको थियो ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोभिड–१९को सङक्रमणबाट नगरका नागरिहरुलाई सुरक्षित राख्न स्प्रे फलदायी हुने विश्वास व्यक्त गर्नु भयो ।

नगरकाका सवै क्षेत्रमा आगामी दिनमा थप जनशक्तिको प्रयोग गरी निर्मलीकरण अभियान सञ्चालन जारी रहने महानगरले जनाएको छ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया