प्रदेश नं १ का प्रदेश प्रमुखद्वारा एक महिनाको पारिश्रमिक कोभिड–१९ उपचार कोषमा प्रदान

इनेप्लिज २०७६ चैत ११ गते १०:३१ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,११ चैत । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यारीले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरिएका ‘ कोराना भाइसर सङक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक महिना बरावरको आफ्नो पारिश्रमिक प्रदान गर्नु भएको छ।

विश्वव्यापी महामारीको पमा फैलिएको नोबेल कोरोना भाइसर(कोभिड–१९ ) रोगको सङक्रमण फैलिन नदिनका लागि नेपाल सरकारवाट स्थापित कोषमा सहयोगका लागि उक्त रकम प्रदान गर्नु भएको प्रदेश प्रमुख सचिवालय सदस्य खेमराज अधिकारीद्वारा हस्ताक्षरित आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैगरी विज्ञप्तिमा सरकारले कोभिड–१९ प्रति गरेको रोकथाम नियन्त्रण तथा उपचारका उपाय र सर्तकताका लागि सम्पूर्ण नेपाली जनताले यो रोग विरुद्ध होस्टेमा हैसे गरी एक जूट भई लड्न पने अवस्था भएकाले आफू वाँचेर अरुलाई पनि वचाउँन सवैमा हार्दिक अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया