सन्दर्भ,कोरोना ;गजल संसार

शारदा क्षेत्री २०७६ चैत ११ गते १:५६ मा प्रकाशित

नियतिको करार भित्र हारिराछ जीवन !
संक्रमणको चिन्तामा सारिराछ जीवन !!

भोलिको उज्यालो देख्ने आशा बोक्दै !
बगाई परेलि सागरमा तारिराछ जीवन !!

आफूले आफैलाई खुसि राख्छु भन्दा !
डर ,त्रासमा बस्दै आँशु झारिराछ जीवन !!

भएको जस्तो लाग्दैन जिउँदो म छु भनी !
किन आज अप्ठ्यारोमा पारिराछ जीवन !!

कोलाहल भय बिर्सिएर खुसी हुन खोजे !
तर आज आफनै काखमा मरिराछ जीवन !!

 

 

प्रतिक्रिया