कोरोनाको बारे के भन्छन् सेलिब्रेटी ? को-को छन सामाजिक संजालमा सक्रिय ? (भिडियो सहित)

इनेप्लिज २०७६ चैत १० गते २३:०५ मा प्रकाशित

ईटहरी/ विश्व माहामारिको रुपमा फैलिरहेको कोरोना भाईरसले यतिबेला नेपालमा पनि ठुलै असर पार्ने लक्षण देखिएको छ । नेपालमा पनि १ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले भोलिबाट नेपाललाई लक डाउन गरेको छ । यता कलाकारहरू पनि आफ्नो कामलाई टुङ्याउदै सेल्फ क्वाअरेन्टाईनमा बस्न सुरु गरिसकेका छन भने सामाजिक संजालमा कोरोनाको बारे जनचेतना फैल्याउन ब्यस्त छन् । भिडियोमा हेर्नुस् कुन सेलिब्रेटीले के भने वा सामाजिक संजालमा के लेख्दैछन ?

कोहि फेसबुकमा भिडियो निर्माण गर्दै कोरोनाबाट बच्न, लक्षण लगायतका कुराहरुमा जानकारी गराउदै पोस्ट गरिरहेका छन् भने कोहि माक्स तथा साबुन बितरण कार्यक्रममा ब्यस्त छन् । सरकारको पछिल्लो निर्णय अनुसार भोलि बिहान ६ बजेदेखि १ साता कोहिपनी घर बाहिर निस्किन पाउने छैनन भने सवारीसाधन पनि चल्ने छैन । यदि कानुन मिचेको पाईएमा एक महिना सम्म कैद वा १ सय जरिवामा हुनेछ ।

प्रतिक्रिया