विराटनगर महानगरपालिका भोलिदेखि लक डाउन

मनोज दाहाल २०७६ चैत १० गते २१:२९ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,१० चैत(रासस)ः कोभिड–१९ को संङक्रमण एवं रोकथामका लागि विराटनगर महानगरपालिकाले भोलीदेखी विराटनगरक्षेत्रमा अनिश्चितकालिन लक डाउन गर्ने घोषणा आज गरेको छ ।

महानगरपालिकाको आज वसेको कार्यपालिकाको वैठकपछि उद्योगी व्यवसायी तथा सरोकारवालासँग छलफल पश्चात लकडाउन गर्ने निर्णय गरिएको महानगरका प्रमुुख भिम पराजुुलीले वताउनुुभयो ।

खाद्यान्न, औषधि, खानेपानी , विद्युत, एम्वुुलेन्स सेवा लगायत अन्य अत्यावश्यक सेवा वाहेका सवै वन्दगर्ने निर्णय गरिएको प्रमुख पराजुुलीले बताउनुुभयो ।

नगरवासिकाको सुुरक्षाका लागी नगरवासीले स्वंयम लकडाउन गरेको वुुझ्न उहाँले आग्रह गर्नुुभयो ।

उद्योगधन्दा कलकारखाना तथा वजार पसल तथा यातायातका साधन भोलीदेखी वन्द भएपनि अति आवश्यक पसलहरुभने खुुला रहने छन् ।

विराटनगर लक डाउन भएपनि विरामीलाई अस्पताल लानु परेमा वा मरिमराउको अवस्थामा यातयातको साधन प्रयोय गर्न सकिने उहाँले बताउनु भयो । अति आवश्यक काम वाहेक घरवाट वाहिर हिलडुुल नर्गन नगरवासीलाई महानगरपालिकाले आग्रह गरेको छ ।

संकटको वेलामा कालावाजारी नर्गन व्यापारीहरुलाई आग्रह गरिएको छ । केहि समस्या आएमा सङ्घीय, प्रदेस र स्थानीय सरकार जनताको साथमा रहेकाले कसैलाई नआत्तिन महानगरपालिकाले आग्रह गरेको छ ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया